समाचार

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

  १६ मंसिर, कालिकोट । विकृति विसंगति विरुद्ध समाचार लेखेकै कारण ज्वाला खवर डट्कमका पत्रकार विरुद्ध कथित झुट्टा, र कपोकल्पित मुद्धा रचना गरेर फसाउने षड्यन्त्र भएको भन्दै ज्वाला खवरले घोर भत्र्सना गरी सार्वजनिक आवाज उठाईदिन अपिल गरेको छ । ज्वाला खवरका संचालक कर्ण विश्वकर्माले मंगलबार सामाजिक सञ्जाल मार्फत आफ्नो मिडिया र पत्रकार विरुद्ध कपोकल्पित झुट्टा मुद्धा रचना गरेर फसाउने षड्यन्त्र भईरहेकोमा भत्र्सना गर्दै पत्रकार महासंघ, राष्ट्रिय मानवअधिकार आयाेग, इन्सेक, मानबअधिकारवादी विभिन्न संघ संस्था र आम पाठकहरुमा आवाज उठाईदिन अपिल गर्नु भएको हो । उहाँले आफ्नो अपिलमा लामो समयदेखि कालिकोट जिल्ला भित्रका कुशासन, भ्रष्टाचार, कमिशन तथा विभिन्न सामाजिक विकृतिहरु विरुद्ध कलम…
पूरा पढ्नु हाेस
बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

लुम्बिनी २०८२-०८-१२ राजु सामत भैरहवा —लुम्बिनी बाैद्व विश्वविद्यालयले आफ्नोे २१ औं वार्षिकोत्सवकाे अवसरमा शुक्रबार लुम्बिनी क्षेत्रमा सरसफाई गरेकाे छ । बिहान लुम्बिनीको पर्सा चाेकमा भेला भएर आसपास सरसफाई गरिएको हाे । विश्वविद्यालय अन्तर्गत बाैद्व अध्याय संकायकाे संयाेजनमा गरिएको कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, केन्द्रीय क्याम्पसका शिक्षक, कर्मचारी, समुदाय-साझेदारी प्रहरी, लुम्बिनी बचाउ महाअभियान, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कर्मचारी, सशस्त्र प्रहरी र स्थानीय सहभागी थिए । सफाई कार्यक्रमकाे सुरुवात गर्दै विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा‍. सुवर्णलाल बज्राचार्यले वर्षमा एक दिन सफाई कार्यक्रम गरेर समाजमा सुधार नहुने बताए । 'हरेक दिन फाेहाेर गर्ने, तर एक सफाई गरेर हुँदैन,' उनले भने, 'कुनै उत्सवमा गरिने सफाई कार्यक्रमकाे परम्परा ताेडेर दैनिक गर्नुपर्छ ।' अहिले…
पूरा पढ्नु हाेस
समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

परासी २०८२-०८-१० राजु सामत   परासी —नेपाल उखु उत्पादक महासंघले समयमै उखुको न्यूनतम् समर्थन मूल्य तोक्न र आर्थिक वर्ष २०८१-८२ को बाँकी अनुदान रकम भुक्तानी गर्न सरकारलाई अल्टिमेटम दिएको छ । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय, उद्योगी तथा किसानबीच पटक–पटक भएको वार्तामा सहमति जुट्न नसकेपछि १३ मंसिरभित्र आफ्ना माग पूरा गर्न महासंघले अल्टिमेटम दिएको हो । माग पूरा नभएमा १४ गतेदेखि आन्दोलन थालिने महासंघले चेतावनी दिएको छ । मंसिर १४ गते सलार्हीको हरिवनमा १ घण्टा राजमार्ग बन्द गर्ने र १५ गते बाट अनिश्चितकालीन राजमार्ग बन्दसहित विरोध प्रदर्शन गर्ने उखु उत्पादक महासंघका प्रवक्ता उमेश चन्द्र यादवले बताए । सरकारको ढिलासुस्तीका कारण किसानले पुरानो मूल्य…
पूरा पढ्नु हाेस
जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

काठमाडौ २०८२-०८-०५ राजु सामत काठमाडौँ —एमालेले युवाहरुको अर्को संगठन 'नेसनल भोलेन्टियर्स फोर्स' घोषणा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गरेका छन् । शुक्रबार काठमाडौंको एक ब्यांक्वेटमा आयोजित कार्यक्रममा उनले मुलुकलाई अलोकतान्त्रिक बाटोतिर लान खोजे फोर्सले रोक्ने बताए । ‘देशलाई कसैले अलोकतान्त्रिक बाटोमा लान खोज्छ भने, अराजकता मच्याउन खोज्छ, आगजनी-तोडफोड-राक्षसी राज गर्न खोज्छ भने भोलेन्टियर्सले रोक्नेछ,’ ओलीले भने, ‘सरकारले चुनाव चुनाव उच्चारण गरेको छ । सँगसँगै शान्तिपूर्ण भेला हुन नदिने, नेताहरलाई कुनै ठाउँमा जान नदिने, सम्बोधन गर्न नदिने, अधिनायकवादी प्रवृत्ति पनि देखिएको छ ।’ उनले जेनजीका नाममा गतिविधि भएको आरोप लगाए । ‘अराजक गतिविधि नक्कली जेनजीका हुन् । जेनजीका नाममा उपद्रव मच्चाउन पाइँदैन,’…
पूरा पढ्नु हाेस
७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

काठमाडौं २०८२-०८-०५ राजु सामत काठमाडौँ —मनाङको नासोँ गाउँपालिका-१, तालडाँडामा पहिरो जाँदा अवरुद्व बेँसीसहर-चामे सडक करिब ७ घण्टापछि खुलेको छ । शुक्रबार बिहान करिब ७ बजेतिर पहिरो झरेको र बाटो खुलाउने क्रममा ठूलो ढुंगा झरेपछि सडक अवरुद्व भएको थियो । प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार दुईवटा ठूला ढुंगामध्ये एउटालाई हटाउनुका साथै पहिरो पन्छाएपछि सडक खुलेको हो । सडक सवा २ बजेतिर खुलेको उनले बताए । सडक खुलाउन मनाङ मर्स्याङ्दी हाइड्रोपावरको एक्स्काभेटर र ब्याकहो लोडरको प्रयोग गरिएको थियो । सडक खुलेपछि चक्रीय अन्नपूर्ण पदमार्गमा आएका विदेशी तथा स्वदेशी पर्यटक साथै अन्य यात्रु गन्तव्यतर्फ हिँडेका छन् ।  
पूरा पढ्नु हाेस
कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

काठमाडौं २०२-०८-०४ राजु सामत काठमाडौँ —चालु आर्थिक वर्षको कात्तिक महिनामा मात्रै १ अर्ब ५४ करोड ३९ लाख रुपैयाँ विदेशी लगानी प्रतिवद्धता (एफडीआई) आएको छ । कुल ७१ वटा उद्योगमा साढे १ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता आएको छ कुल ६९ वटा साना उद्योग र २ वटा मध्यम उद्योगमा लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको साउन-कात्तिकमा ३८२ उद्योगमा ३६ अर्ब ६८ करोड १६ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । कृषिमा ६० प्रतिशत, सेवा क्षेत्रमा ८ प्रतिशत, उत्पादन ५ प्रतिशत, पर्यटन २४ प्रतिशत, ऊर्जामा १ प्रतिशत, सूचना तथा प्रविधिमा २ प्रतिशत लगाी प्रतिवद्धता आएको छ । विभागका अनुसार एक…
पूरा पढ्नु हाेस
प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

कपिलवस्तु  २०८२-०८-०२  राजु सामत   बाणगंगा, १ मंसिर । बाणगंगा–८ बोडगाउँस्थित मायादेवी रंगशालामा मंसिर ५ देखि १७ गतेसम्म सञ्चालन हुन लागेको ‘प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२’ विभिन्न नयाँ र अद्वितीय आकर्षणका कारण व्यापक चर्चामा आएको छ। मेला आयोजक समितिका अनुसार यसपटकको व्यापार मेला प्रदेशमै नहीं होइन, देशभरकै फरक पहिचान बनाउन सक्षम हुने विशेष तयारी भइरहेको छ। मेला संरक्षक टोपनारायण बेल्वासेका अनुसार मेलामा विश्वकै सबैभन्दा अग्लो कुकुर र विश्वकै सबैभन्दा होचो कुकुर प्रदर्शनको लागि ल्याइँदैछ, जसले दर्शकको मुख्य आकर्षण बटुल्ने अपेक्षा छ। त्यस्तै, जलपरी ९ःभचmबष्म० प्रदर्शन, फिस टनेल, र विभिन्न एलिट मनोरञ्जनात्मक सेटअपहरू मेलामा समावेश हुनेछन्।…
पूरा पढ्नु हाेस
जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

गुल्मी २०८२-०८-०१ गते राजु सामत गुल्मी-गुल्मी —जीपको छतबाट जस्तापाता खसेर लाग्दा गाडीमा सवार एक जना यात्रुको मृत्यु भएको छ । तम्घासबाट निस्ती जाँदै गरेको ग ३ च ४२६० नम्बरको डबल क्याप जीप मुसिकोट नगरपालिका-२ ठाँटी निस्तीमा उकालो बाटोमा जाँदै गर्दा छतमा राखिएको जस्तापाता खसेका थिए । जस्तापाताले टाउकोमा लागेर अचेत अवस्थामा रहेका सवार यात्रु सोही ठाउँका ४९ वर्षीय मीनबहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । बिकलाई सोमबार बिहान ३ बजे गुल्मी अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । गएराति १० बजेको समयमा यो घटना भएको थियो । गाडी र गाडी चालक प्रहरी नियन्त्रणमा…
पूरा पढ्नु हाेस
तिनाउ खोलाको मुहानमा सुक्खा पहिरो, तल्लो तटीय क्षेत्रका बासिन्दा त्रासमा

तिनाउ खोलाको मुहानमा सुक्खा पहिरो, तल्लो तटीय क्षेत्रका बासिन्दा त्रासमा

पाल्पा  २०८२-०७-३० राजु सामत  पाल्पा—पाल्पामा मुहान भएको तिनाउ खोला धमिलो र कालै बगेको फोटो/भिडियो केही दिनयता सामाजिक सञ्जालमा भाइरल बन्यो । प्रशासन, प्रहरी, स्थानीय सरकारले चासो दिन थाले । वास्तविकता पत्ता लगाउन इलाका प्रहरी कार्यालय पूर्वखोलाको प्रहरी शनिबार सुक्खा पहिरो गएको स्थलमा पुगेको छ । पूर्वखोला गाउँपालिका–४, देवीनगरको उडडाँडा तिनाउ खोलाको मुहान क्षेत्र हो । यहाँको सुक्खा पहिरोमा पानीको मुहान भएकाले कालो लेदो बगेको निष्कर्ष निस्केको इलाका प्रहरी कार्यालय पूर्वखोलाका वरिष्ठ प्रहरी हवल्दार नेत्रबहादुर भाट क्षेत्रीले बताए । माथागढी गाउँपालिका–१ चिदीपानीका वडाध्यक्ष राजकुमार पन्थीका अनुसार केही दिनयता तिनाउ खोलामा धमिलो र कालो खालको पानी बगेको थियो । ‘माथिल्लो क्षेत्रमा तटबन्धको काम हुने भएकाले एकदुई…
पूरा पढ्नु हाेस
सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

अर्घाखाँची २०८२-०७-३० राजु सामत    अर्घाखाँची- सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको मंसिर २ गते हुने छैटौं अधिवेशनका लागि दुई जनाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। हालका कोषाध्यक्ष तथा युवा व्यवसायी युवराज खत्री (प्रेम) ले संस्थाको समग्र विकास र हितलाई प्राथमिकता दिने उद्देश्यसहित आफूलाई साझा उम्मेदवारका रूपमा घोषणा गरेका छन्। यता स्वतन्त्र नागरिक समाजको तर्फबाट बाबुराम भुसालले पनि अध्यक्षमा उम्मेदवारी सार्वजनिक गरेका छन्। उनी साथी होटलका सञ्चालक हुन् र लामो समयदेखि सामाजिक सेवामा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। जिल्लामा दुबै जना लोकप्रियताका हिसाबले परिचित छन्। खानेपानीजस्तो संवेदनशील विषयमा उपभोक्ताको लागी पानीको गुणस्तर, सुधारका उपाय, सहज शुल्क र सेवा…
पूरा पढ्नु हाेस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.