कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

काठमाडौं

२०२-०८-०४

राजु सामत

काठमाडौँ —चालु आर्थिक वर्षको कात्तिक महिनामा मात्रै १ अर्ब ५४ करोड ३९ लाख रुपैयाँ विदेशी लगानी प्रतिवद्धता (एफडीआई) आएको छ । कुल ७१ वटा उद्योगमा साढे १ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता आएको छ

कुल ६९ वटा साना उद्योग र २ वटा मध्यम उद्योगमा लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको साउन-कात्तिकमा ३८२ उद्योगमा ३६ अर्ब ६८ करोड १६ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

कृषिमा ६० प्रतिशत, सेवा क्षेत्रमा ८ प्रतिशत, उत्पादन ५ प्रतिशत, पर्यटन २४ प्रतिशत, ऊर्जामा १ प्रतिशत, सूचना तथा प्रविधिमा २ प्रतिशत लगाी प्रतिवद्धता आएको छ । विभागका अनुसार एक हजार २० जना लगानीकर्ता, २०५ जना प्रतिनिधि र ३३२ जनाले डिपेन्डेन्ट बिजनेस भिजा लिएका छन् ।

साउन-कात्तिकसम्म ३८ करोड २२ लाख ५४ हजार रुपैयाँ रोयल्टी, ८ लाख १५ हजार अमेरिकी डलर, २० करोड भारु रोयल्टीबापत लगानीकर्ताहरु फिर्ता लैजान स्विकृती लिएका छन् । यस्तै लाभांसबापत ६ करोड ७९ लाख ८२ हजार रुपैयाँ फिर्ता लैजान स्विकृती लिएको विभागले जनाएको छ ।

पहिलो चौमासिकमा उत्पादनमुलकतर्फ २१ वटा उद्योगमा १ अर्ब ६५ करोड २० लाख रुपैयाँ, ऊर्जामुलकमा १ उद्योगमा १८ करोड ४२ लाख, कृषिमुलकमा १३ उद्योगमा २१ अर्ब ८८ करोड, पर्यटनमुलकमा ११८ उद्योगमा ८ अर्ब ९४ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

खनिजमुलकमा १ उद्योगमा ४ करोड ५० लाख, सेवामुलकमा २३ उद्योगमा ३ अर्ब ९ करोड र सूचनाप्रविधिमुलकका २०५ वटा उद्योगमा ८७ करोड ४३ लाख ८६ हजार रुपैयाँको लगानी प्रतिवद्धता आएको छ ।

सम्बन्धि समाचार

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

तिनाउ खोलाको मुहानमा सुक्खा पहिरो, तल्लो तटीय क्षेत्रका बासिन्दा त्रासमा

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.