प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

कपिलवस्तु 

२०८२-०८-०२ 

राजु सामत

बाणगंगा, १ मंसिर ।
बाणगंगा–८ बोडगाउँस्थित मायादेवी रंगशालामा मंसिर ५ देखि १७ गतेसम्म सञ्चालन हुन लागेको ‘प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२’ विभिन्न नयाँ र अद्वितीय आकर्षणका कारण व्यापक चर्चामा आएको छ। मेला आयोजक समितिका अनुसार यसपटकको व्यापार मेला प्रदेशमै नहीं होइन, देशभरकै फरक पहिचान बनाउन सक्षम हुने विशेष तयारी भइरहेको छ।

मेला संरक्षक टोपनारायण बेल्वासेका अनुसार मेलामा विश्वकै सबैभन्दा अग्लो कुकुर र विश्वकै सबैभन्दा होचो कुकुर प्रदर्शनको लागि ल्याइँदैछ, जसले दर्शकको मुख्य आकर्षण बटुल्ने अपेक्षा छ। त्यस्तै, जलपरी ९ःभचmबष्म० प्रदर्शन, फिस टनेल, र विभिन्न एलिट मनोरञ्जनात्मक सेटअपहरू मेलामा समावेश हुनेछन्।

मेलाको अर्को विशेषता सिंहदरबारको झल्को दिने विशेष सचिवालय निर्माण हुनु हो। आयोजकका अनुसार यस्तो संरचना यसअघि कुनै मेलामा नबनेको र यसले मेलालाई अद्वितीय पहिचान दिलाउने विश्वास लिइएको छ।
मेला संयोजक खिमानन्द पौडेल (कपिल) का अनुसार मेलाको मूल नारा “राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधीकरण” राखिएको छ। मेला प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको छ, जसअन्तर्गत १०० रुपैयाँमै १०० रुपैयाँ बराबरको गाईछाप सर्फ पाउडर निःशुल्क उपलब्ध गराइनेछ।

मेलामा दैनिक रूपमा लक्की ड्रबाट एक जनालाई साइकिल उपहार, फ्री कफी, तथा निःशुल्क स्वास्थ्य परीक्षण सुविधासमेत प्रदान गरिने आयोजकले जनाएको छ। करिब १ लाखभन्दा बढी दर्शक मेलामा सहभागी हुने अनुमान गरिएको छ।

प्रदर्शनीमा कृषि–उद्यम, घरेलु तथा साना उद्योग, स्थानीय उत्पादन, हस्तकला, आधुनिक प्रविधि, पर्यटन सम्भावना तथा युवामुखी स्टलहरू राखिने छन्। साथै युवा केन्द्रित कला–संस्कृति कार्यक्रम, फेसन शो, बाल उद्यान, स्थानीय परम्परागत उत्पादन प्रदर्शन, फूड फेस्ट, र विभिन्न मनोरञ्जनात्मक गतिविधि समेत समावेश गरिनेछ।

आयोजकका अनुसार मेलाले स्थानीय व्यवसाय, कृषि उत्पादन, आधुनिक प्रविधि र पर्यटन सम्भावनालाई एउटै मञ्चमा ल्याई रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्रलाई सुदृढ गर्ने महत्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको छ।

सम्बन्धि समाचार

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

तिनाउ खोलाको मुहानमा सुक्खा पहिरो, तल्लो तटीय क्षेत्रका बासिन्दा त्रासमा

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.