चितवनको इच्छाकामना माईको मन्दिर पुनःनिर्माण सम्पन्न

इच्छाकामना । चितवनको इच्छाकामना गाउँपालिका ५ मा अवस्थित एतिहासिक धार्मिक स्थल इच्छाकामना माइ मन्दिरको पुन ः निर्माण कार्य सम्पन्न भएको छ । ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर मन्दिर निर्माण गरिएको हो ।
मन्दिर निर्माण सम्पन्न भएसगैँ विधिवत रुपमा पुजाआजा गरि बिहिबार समुद्घाटन गरिएको छ । मन्दिरको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले एक कार्यक्रमका बिच उद्घाटन गरेको हो । नयाँ मन्दिरको समुद्घाटनसँगै बिहिबार देखि नै मन्दिरभित्रबाट पुजा आजा पनि सुरु गरिएको छ । यस अघि मन्दिर पुन ः निर्माणको क्रममा भक्तजनहरुलाई मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पुजाआजा गर्ने व्यवस्था मिलाइएको थियो । अब भने भक्तजनहरुले भित्रैबाट पुजा गर्न पाइने छ ।
मन्दिरको समुद्घाटन गर्दै गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले मन्दिरको प्रचार प्रसारमा जोड दिइने बताए । यहाँ खानेपानीको व्यवस्था समेत भइसकेको बताउँदै आवश्यक पुर्वाधारहरु निर्माण गर्दै जाने बताए । इच्छाकामना गाउँपालिका पर्यटकीय सम्पदाले भरिपूर्ण रहेको भन्दै उनले प्रचारप्रसारलाई जोड दिइने बताए । “मन्दिरमा खानेपानीको व्यवस्था गरिएको छ, जमिन संरक्षण र प्रवेशद्वार निर्माणलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ, गाउँपालिकाले प्रचारप्रसारमा पनि जोड दिइने छ ,मनकामकामना मन्दिर आउने भक्तजन पर्यटकहरुलाई इच्छाकामनासम्म आउने गरी ल्याउने व्यवस्थ गर्नेछ ।’ –उनले भने ।
यस्तै सुन्तलाको बगैँचाको अवलोकन गर्दै मन्दिर सम्म यात्रा गर्न सकिने र मन्दिर परिसर वरपर फागुन चैतमा ढकमक्क फुल्ने लाली गुराँसले पर्यटहरुलाई लोभ्याउने उनले बताए । बागमती प्रदेश सरकार, इच्छाकामना गाउँपालिका, स्थानीयको श्रमदान र चन्दादाताहरुको सहयोगमा २ करोड ४१ लाख ८८ हजार ८१ रुपैयाँ लागतमा मन्दिर पुनः निर्माण कार्य सम्पन्न भएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका उपाध्यक्ष यान बहादुर गुरुङले बताऐ ।
कोरोना महामारी र काठको अभावका कारण मन्दिर पुन ः निर्माण कार्य ढिला गरि सम्पन्न भएको मन्दिर समितिका अध्यक्ष रामप्रसाद बोहोराले बताए । उनका अनुसार मन्दिरको वि.सं २०७५ असार ७ गते शिलान्यास गरेर काम सुरु भएको थियो । तत्कालिन बागमती प्रदेश प्रमुख अनुराधा कोइरालाले मन्दिर पुनः निर्माणको शिलान्याश गरेको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवाल, गाउँपालिका पूर्वअध्यक्ष गीता कुमारी गुरुङ, प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुषाल, वडाध्य लगायत जनप्रतिनिधिहरु, विभिन्न राजनिति दलका प्रतिनिधि, कर्मचारी सञ्चारकर्मी लगायत स्थानियको पनि उपस्थिति रहेका थिए । कार्यक्रममा मन्दिर निर्माणका लागि सहयोग गर्ने व्यक्तित्वहरुलाई फुलको मला लगाएर प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो ।
गोरखाको सहिद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने धार्मिक विश्वास छ । मनकामना माईको सात दिदीबहिनीमध्ये एक बहिनी इच्छाकामना रहेकोे मन्दिरका पुजारी हर्कबहादुर गुरुङले बताए । मन्दिरसम्म सडक पुगेसगैँ केही बर्षयता भक्तजनहरुको आवागमनमा वृद्वि भएको पुजारी गुरुङले जानकारी दिऐ । प्रत्येक वर्ष मङ्सिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्छ । इच्छाकामना मन्दिर समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइमा रहेको छ ।

सम्बन्धि समाचार

चितवनको इच्छाकामना माईको मन्दिर पुनःनिर्माण सम्पन्न

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

चितवनको इच्छाकामना माईको मन्दिर पुनःनिर्माण सम्पन्न

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

चितवनको इच्छाकामना माईको मन्दिर पुनःनिर्माण सम्पन्न

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

चितवनको इच्छाकामना माईको मन्दिर पुनःनिर्माण सम्पन्न

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

चितवनको इच्छाकामना माईको मन्दिर पुनःनिर्माण सम्पन्न

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

चितवनको इच्छाकामना माईको मन्दिर पुनःनिर्माण सम्पन्न

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

चितवनको इच्छाकामना माईको मन्दिर पुनःनिर्माण सम्पन्न

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

चितवनको इच्छाकामना माईको मन्दिर पुनःनिर्माण सम्पन्न

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

चितवनको इच्छाकामना माईको मन्दिर पुनःनिर्माण सम्पन्न

तिनाउ खोलाको मुहानमा सुक्खा पहिरो, तल्लो तटीय क्षेत्रका बासिन्दा त्रासमा

चितवनको इच्छाकामना माईको मन्दिर पुनःनिर्माण सम्पन्न

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.