‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

 

१६ मंसिर, कालिकोट ।

विकृति विसंगति विरुद्ध समाचार लेखेकै कारण ज्वाला खवर डट्कमका पत्रकार विरुद्ध कथित झुट्टा, र कपोकल्पित मुद्धा रचना गरेर फसाउने षड्यन्त्र भएको भन्दै ज्वाला खवरले घोर भत्र्सना गरी सार्वजनिक आवाज उठाईदिन अपिल गरेको छ ।

ज्वाला खवरका संचालक कर्ण विश्वकर्माले मंगलबार सामाजिक सञ्जाल मार्फत आफ्नो मिडिया र पत्रकार विरुद्ध कपोकल्पित झुट्टा मुद्धा रचना गरेर फसाउने षड्यन्त्र भईरहेकोमा भत्र्सना गर्दै पत्रकार महासंघ, राष्ट्रिय मानवअधिकार आयाेग, इन्सेक, मानबअधिकारवादी विभिन्न संघ संस्था र आम पाठकहरुमा आवाज उठाईदिन अपिल गर्नु भएको हो ।

उहाँले आफ्नो अपिलमा लामो समयदेखि कालिकोट जिल्ला भित्रका कुशासन, भ्रष्टाचार, कमिशन तथा विभिन्न सामाजिक विकृतिहरु विरुद्ध कलम चलाएकै कारण कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कर्णाली प्रदेश सांसद दुर्गबहादुर रावत, रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही (पोषण), पुर्व नगर उप–प्रमुख मिमससा बम (उर्षा), तत्कालिन नेकपा (माओवादी केन्द्र) रास्कोट नगर पार्टी अध्यक्ष पदमबहादुर खड्का (शुभाष), रास्कोट नगर पार्टी इन्चार्ज विस्नुप्रसाद बराल (विजय) र उनका कार्यकर्ताबाट पत्रकार विश्वकर्माले आफूमाथि आजसम्म पनि ज्यान मार्ने धम्की समेत आउने गरेको खुलासा गर्नु भएको छ ।

पत्रकार विश्वकर्माले ज्यान मार्ने धम्की मात्र नभई आफुहरु विरुद्ध हुदै नभएको र सुन्नै नसकिने लागु औषधको कपोकल्पित मुद्धा बनाएर आफु र पत्रकार वसन्त विकलाई फसाउने षड्यन्त्र रचना गरि पुर्व मुख्यमन्त्री शाही, सांसद रावत र उनको कार्यकर्ताले फसाउन षड्यन्त्र गर्दै सुर्खेत प्रहरीमा बेनामी जाहेरी दिएको भन्दै आपत्ति जनाउनु भएको हो ।

पत्रकार विश्वकर्माको अपिलमा लागु औषधको मुद्धामा सुर्खेत कारागरमा रहेका बन्दी मनबहादुर सहकारीलाई शारिरक तथा मानसिक यातना र दवाव दिएर आफुहरु विरुद्ध नक्कली कागज खडा गरेर मुद्धा तयार गर्न खोजिएको सुचना आफुहरुले पाएको खुलासा गर्नु भएको छ ।

अपिलमा भनिएको छ ‘नविगारौं र नडराऔं’ भन्ने मान्यतामा ज्वाला खवर प्रष्ट छ । षड्यन्त्रका तानावाना बुन्नेहरुलाई ज्वाला खवरको पत्रकार टिम सहप्रमाण मुद्धा चलाउन चुनौती दिन्छ । नत्र ठुलो मुल्य चुनाउनु पर्ने चेतावनी पनि दिन्छ । कोही कसैको षडयन्त्र, लोभ र लालचमा परेर वा प्रभावमा परेर यस्तो गलत कार्य नगर्न र निश्पक्ष छानविन गर्न प्रहरीलाई अनुरोध पनि गर्र्दछौ । विगतमा पनि समाचारकै विषय लिएर षड्यन्त्रकारीहरुले अख्तियारमा मुद्धा हालेर ज्वाला खवरका पत्रकारलाई फसाउन खोजिएको तथ्य जीवित छ । त्यसको उचित जवाफ ज्वाला खवरले दिएको कुरा पनि स्मरण गराउदछौ ।

अपिलमा यो षडयन्त्र प्रेसको मात्र होईन व्यक्तिको मानमर्यादामाथि समेत गम्भीर नकरात्मक असर पुर्याई बदनियत बनाउने कुटिल चाल भएको उल्लेख गरिएको छ ।

‘समाजमा भएका विकिृति विसंगति विरुद्ध एउटा इमान्दार पत्रकारले कलम चलाउदा कतिपय समाचरसंग मुछिएका व्यक्तिहरुले धम्की दिनु ज्यान मार्ने बकवास गर्नुले पत्रकारमाथिको गम्भीर सुरक्षा चुनौती खडा भएको छ । पत्रकारको सुरक्षा नत राज्यले दिन सकेको छ, नत महासंघले नै पहल लिन सकेको छ । यो निकै जर्जर अवस्थामा छ । जिल्लाबाट विस्थापित भएर पत्रकारिता गरिरहेको अवस्था छ । यसबारे जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय कालिकोटमा जानकारी पनि दिएको छ । तर पनि हामीमाथि सुरक्षा चुनौती टरेको छैन । यति हुदा हुदै पनि अझै ज्वाला खवरमाथि ठुलो झुट्टा मुद्धाको षडयन्त्र गरेर फसाउने चलखेल भएको छ । यस विषयमा महासंघ तथा मानवअधिकारवादीहरुको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौ’ अपिलमा भनिएको छ ।

‘यसमा ठुलो तहदेखि सानो तहका माओवादी नेता तथा कार्यकताहरुको सहभागिता छ र ठुलो पूर्वाग्रह छ भन्ने पनि प्रष्ट हुन्छ । षड्यन्त्रकारीहरुले ‘जो लागु औषध विरुद्ध निरन्तर समाचार लेखिरहन्छ, जो त्यसको नामै सुन्न चाहदैनन्’ तीनैमाथि यस्तो गलत आरोप लगाउनु हास्यास्पद विषय मात्र हो’ अपिलमा भनिएको छ,‘बरु आरोप लगाउनेहरुमाथि नै यो प्रश्न उठाउन जरुरी छ । र गहिरो अनुसन्धान पनि गर्नु पर्छ । लागु औषध भनेको समाज विगार्ने अवैध चिज हो । यसको नियन्त्रणको लागि मिडियाको महत्वपूर्ण भूमिका हुन्छ । एकआधा केही मिडियामा काम गर्ने व्यक्तिहरुले गर्ने गल्तीका कारण सिंगो मिडिया क्षेत्रलाई त्यही आँखाले हेर्नु निकै दुखदायी छ ।’

ज्वाला खवरलाई कुनै माध्यमबाट फसाउन नसकिने देखेपछि विरोधीहले यस्तो षड्यन्त्र रचेको भन्दै आफ्नोे टिम षड्यन्त्रको आरोपप्रति घाेर निन्दा र भत्र्सना गर्दै यसको सत्य तथ्य छानविनको माग पनि गर्दछ भनेको छ ।

अपिलको अन्तमा भनिएको छ ‘एउटा इमान्दार पत्रकारमाथि समाचार लेखेकै कारण ज्यान लिने धम्की दिने र केही नपाएपछि झुट्टा कपोकल्पित षड्यन्त्रको मुद्धा बनाएर दुख दिने गलत मनसायको प्रतिवाद गर्न पत्रकार महासंघ, मानवअधिकारवादी, तथा आम पाठकवर्गमा अपिल गर्दछौ । र षडयन्त्र कोबाट कसरी भयो ? भन्ने गहिराईमा पुग्न र षड्यन्त्रकारीमाथि कानुन वमोजिम कार्वाहीको पहल गर्न पनि पत्रकार महासंघ र मानवअधिकारीवादी संघ संस्था समक्ष माग गर्दछौ ।’

यस विषयमा पत्रकार विश्वकर्माले मंसिर ५ गते नै नेपाल पत्रकार महासंघ, राष्ट्रिय मानवअधिकार आयाेग र इन्सेकलाई ध्यानाकर्षण गराइसक्नु भएको छ ।

 

सार्वजनिक अपिल ! मिति:२०८२/०८/१६

पत्रकार महासंघ, मानवअधिकारवादी संघ संस्था तथा आम नागरिक र  पाठकवर्गमा शुभ बिहानीकाे नमस्कार !
विषयः ‘कथित झुट्टा, कपोकल्पित मुद्धाको रचना गरेर’ फसाउन खोज्ने र ज्यान मार्ने धम्की दिनेविरुद्ध कार्वाहीका लागि आवाज उठाईदिन अपिल !

प्रस्तुत विषयमा कालिकोटमा मुख्य कार्यालय रहेको ज्वाला खबर डट्कमले विगत लामो समयदेखि कालिकोट जिल्ला भित्रका कुशासन, भ्रष्टाचार, कमिशन तथा विभिन्न सामाजिक विकृतिहरु विरुद्ध कलम चलाउदै आएको सबैमा सर्वविदितै छ ।
जिल्ला भित्रका स्थानीय तहदेखि विभिन्न क्षेत्रमा हुने कुशासन, भ्रष्टाचार, कमिशन तथा सामाजिक विकृतिहरु विरुद्ध कलम चलाएकै कारण कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कर्णाली प्रदेश सांसद दुर्गबहादुर रावत, रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही (पोषण), पुर्व नगर उप–प्रमुख मिमससा बम (उर्षा), तत्कालिन नेकपा (माओवादी केन्द्र) रास्कोट नगर अध्यक्ष पदमबहादुर खड्का (शुभाष), रास्कोट नगर पार्टी इन्चार्ज विस्नुप्रसाद बराल (विजय) र उनका कार्यकर्ताबाट पत्रकार कर्ण विश्वकर्मामाथि आजसम्म पनि ज्यान मार्नेसम्मको धम्की सहनु परेको पीडा सबै सामु छर्लङ्ग छ । यो जति भत्र्सना गरेर विरोध गरेपनि कमै हुन्छ । गलत तत्वहरुले जतिबेला पनि अपराधिक कदम चाल्ने अवस्था जीवित छ । यो अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता माथिको गम्भीर आक्रमण हो ।
समाजमा भएका विकिृति विसंगति विरुद्ध एउटा इमान्दार पत्रकारले कलम चलाउदा कतिपय समाचरसंग मुछिएका व्यक्तिहरुले धम्की दिनु ज्यान मार्ने बकवास गर्नुले पत्रकारमाथिको गम्भीर सुरक्षा चुनौती खडा भएको छ । पत्रकारको सुरक्षा नत राज्यले दिन सकेको छ, नत महासंघले नै पहल लिन सकेको छ । यो निकै जर्जर अवस्थामा छ । जिल्लाबाट विस्थापित भएर पत्रकारिता गरिरहेको अवस्था छ । यसबारे जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय कालिकोटमा जानकारी पनि दिएको छ । तर पनि हामीमाथि सुरक्षा चुनौती टरेको छैन । यति हुदा हुदै पनि अझै ज्वाला खवरमाथि ठुलो झुट्टा मुद्धाको षडयन्त्र गरेर फसाउने चलखेल भएको छ । यस विषयमा महासंघ तथा मानवअधिकारवादीहरुको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौ ।
विगतका दिनहरुमा पत्रकारमाथि कित आक्रमण गरी कुटपिट गर्ने, ज्यान लिने र वेपत्ता पार्ने जस्ता अपराध भएका छन, कित झुट्टा मुद्धाको षड्यन्त्रमा फसाउने गरिएका उदाहरणहरु प्रसस्त छन । आज ज्वाला खवर र यसका पत्रकारमाथि यस्तै हुदैछ । ज्वाला खवरका पत्रकारमाथि पनि ज्यान लिनेसम्मको धम्की दिदै गरेका केही षडयन्त्रकारीहरुले नयाँ प्रपञ्च सहित नयाँ षड्यन्त्रको मुद्धा बनाएर फसाउन खोजिएको छ । यो विषयमा नेपाल पत्रकार महासंघ, राष्ट्रिय मानवअधिकार आयाेग, इन्सेक र मानवअधिकारवादी संघ संस्थालाई मंसिर ५ गते नै ध्यानाकर्षण गराएको भएपनि त्याे कार्य अझै नराेकिएकाले सबैले गम्भीर बन्नु पर्ने बेला भएको छ ।
अहिले पनि समाचरसंग मुछिएका व्यक्ति पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सांसद दुर्ग रावत, रास्काेटका मेयर धर्मराज शाही (पाेषण) र उनका कार्यकर्ताले ज्वाला खवरका पत्रकार कर्ण र वसन्त विक विरुद्ध तथाकथित लागु औषधको आरोप लगाएर झुट्टा तथा कपोकल्पित मुद्धा तयार गरेर सुर्खेत प्रहरीमा बेनामी जाहेरी दिएकाेले हामीलाई निकै आश्चार्य चकित बनाएको छ । यदि यो साँचो हो भने यो सामान्य विषय होईन । एउटा इमान्दार पत्रकामाथि यस्तो गलत आरोप लगाउनु ठुलो षड्यन्त्रबाट मात्र सम्भव हुन्छ । यसमा ठुलो तहदेखि सानो तहका माओवादी नेता तथा कार्यकताहरुको सहभागिता छ र ठुलो पूर्वाग्रह छ भन्ने पनि प्रष्ट हुन्छ । षड्यन्त्रकारीहरुले ‘जो लागु औषध विरुद्ध निरन्तर समाचार लेखिरहन्छ, जो त्यसको नामै सुन्न चाहदैनन्’ तीनैमाथि यस्तो गलत आरोप लगाउनु हास्यास्पद विषय मात्र हो । बरु आरोप लगाउनेहरुमाथि नै यो प्रश्न उठाउन जरुरी छ । र गहिरो अनुसन्धान पनि गर्नु पर्छ । लागु औषध भनेको समाज विगार्ने अवैध चिज हो । यसको नियन्त्रणको लागि मिडियाको महत्वपूर्ण भूमिका हुन्छ । एकआधा केही मिडियामा काम गर्ने व्यक्तिहरुले गर्ने गल्तीका कारण सिंगो मिडिया क्षेत्रलाई त्यही आँखाले हेर्नु निकै दुखदायी छ ।
लागु औषधको मुद्धामा सुर्खेत कारागारमा रहेका बन्दी मनबहादुर सहकारीलाई शारिरक तथा मानसिक यातना र दवाव दिएको खुल्न आएको छ । उनलाई खाली कागज र केही नबुझीने मधुरो पत्रमा हस्ताक्षर गर भनेर भनिएको छ रे ! जो पत्रकार कर्ण र वसन्तलाई फसाउनको लागि । यो कुरा निकै आपत्तिजनक छ । यस्तो खालको षड्यन्त्र के हो? कसले गर्न लगायो? छानविन गर्न जरुरी छ । षड्यन्त्रमा संलग्नमाथि कडा कार्वाही हुनुपर्छ । अबैध काममा जो कोही भएपनि दोषिमाथि कडा कार्वाही होस भन्नेमा विवाद छैन । तर निर्दोश व्यक्तिमाथि अनाआवश्यक कारागारमा भएका थुनुवाहरुलाई समेत दवाव दिएर मुद्धा चलाउन खोज्नु सहि हुन सक्दैन । यो प्रेसको मात्र होईन व्यक्तिको मानमर्यादामाथि समेत नकरात्मक असर पुर्याई बदनियत बनाउने कुटिल चाल हो । ‘नविगारौं र नडराऔं’ भन्ने मान्यतामा ज्वाला खवर प्रष्ट छ । षड्यन्त्रका तानावाना बुन्नेहरुलाई ज्वाला खवरको पत्रकार टिम सहप्रमाण मुद्धा चलाउन चुनौती दिन्छ । नत्र ठुलो मुल्य चुनाउनु पर्ने चेतावनी पनि दिन्छ । कोही कसैको षडयन्त्र, लोभ र लालचमा परेर वा प्रभावमा परेर यस्तो गलत कार्य नगर्न र निश्पक्ष छानविन गर्न प्रहरीलाई अनुरोध पनि गर्र्दछौ । विगतमा पनि समाचारकै विषय लिएर षड्यन्त्रकारीहरुले अख्तियारमा मुद्धा हालेर ज्वाला खवरका पत्रकारलाई फसाउन खोजिएको तथ्य जीवित छ । त्यसको उचित जवाफ ज्वाला खवरले दिएको कुरा पनि स्मरण गराउदछौ ।
अहिले अरु कुनै माध्यमबाट फसाउन नसकिने देखेपछि ज्वाला खवरका विरोधीहरुले यसो गरेका हुन भन्ने कुरा दिनको घाम झै प्रष्ट छ । हाम्रो टिम षड्यन्त्रको आरोप प्रति धोर निन्दा र भत्र्सना गर्दछ । यसको सत्य तथ्य छानविनको माग पनि गर्दछ । यस्ता कुनै गलत क्रियाकलापमा हामी संलग्न नभएको पनि सबैमा विश्वास दिलाउन चाहान्छौ । एउटा इमान्दार पत्रकारमाथि समाचार लेखेकै कारण ज्यान लिने धम्की दिने र केही नपाएपछि झुट्टा कपोकल्पित षड्यन्त्रको मुद्धा बनाएर दुख दिने गलत मनसायको प्रतिवाद गर्न महासंघ, मानवअधिकारवादी, तथा आम पाठकवर्गमा अपिल गर्दछौ । र षडयन्त्र कोबाट कसरी भयो? भन्ने गहिराईमा पुग्न र षड्यन्त्रकारीमाथि कानुन वमोजिम कार्वाहीको पहल गर्न पनि पत्रकार महासंघ र मानवअधिकारीवादी संघ संस्था समक्ष माग गर्दछौ ।

कर्ण विश्वकर्मा
अध्यक्ष
ज्वाला मिडिया प्रा.लि.

सम्बन्धि समाचार

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

तिनाउ खोलाको मुहानमा सुक्खा पहिरो, तल्लो तटीय क्षेत्रका बासिन्दा त्रासमा

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.