सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र भारतीय गृहसचिव मोहनबीच दिल्लीमा शिष्टाचार भेटवार्ता

काठमाडौ

२०८२-०७-२८

राजु सामत

काठमाडौं –

नवौं सीमा सुरक्षा समन्वय बैठक समापनपछि शुक्रबार महानिरीक्षक अर्यालले भारतीय गृह मन्त्रालयका सचिव गोविन्द मोहनसँग शिष्टाचार भेट गरेका हुन्। नेपालका सशस्त्र प्रहरी महानिरीक्षक र भारतीय सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशकस्तरीय नवौं सीमा सुरक्षा समन्वय बैठक बुधबारदेखि दिल्लीमा सुरु भएकोमा सीमा सुरक्षा र सीमापार अपराध रोकथाम तथा नियन्त्रणमा मिलेर काम गर्ने प्रतिबद्धतासहित साझा दस्ताबेजमा हस्ताक्षर गरेर शुक्रबार सम्पन्न भएको हो। बैठक सकिएलगत्तै महानिरीक्षक अर्याल र भारतीय गृहसचिव मोहनबीच दिल्लीमा शिष्टाचार भेट भएको हो। भेटका क्रममा दुवै देशका सीमा सुरक्षा प्रमुखले सम्पन्न भएको बैठकबारे ब्रिफिङ गरेका थिए।

भेटका क्रममा गृहसचिव मोहनले आपसी हित र दुई देशका साझा चुनौतीलाई सामना गरेर सीमापार अपराध रोकथाम तथा नियन्त्रणमा काम गर्ने गरी बैठक सम्पन्न गरेकामा धन्यवाद दिएका थिए। सुरुमा एसएसबी प्रमुख सञ्जय सिंघलले बैठकमा छलफल र साझा दस्ताबेजमा गरिएको संयुक्त हस्ताक्षरबारे ब्रिफिङ गरेका थिए। त्यसपछि यही विषयमा सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र गोविन्द मोहनबीच कुराकानी भएको सहभागी स्रोतले बताए।

बैठकबाट निर्क्यौल गरिएका विषय कार्यान्वयनमा लैजाने पनि मोहनले प्रतिबद्धता जनाएको स्रोतले बताए।

नेपाल–भारतबीच पूर्वको ताप्लेजुङदेखि सुदुरपश्चिमको कञ्चनपुरसम्म करिब १ हजार ८ सय ८० किलोमिटर लम्बाइमा सीमा फैलिएकामा नेपालले सशस्त्र प्रहरी बल (एपीएफ) र भारतले सशस्त्र सीमा बल (एसएसबी)को फौजलाई सीमा सुरक्षामा खटाउँदै आएको छ। भारतले एसएसबीका ५ सय बढी बोर्डर आउट पोष्टमार्फत नेपालतर्फको आफ्नो सीमा नाकामा फौज तैनाथ गरेको छ। सशस्त्र प्रहरीले २ सय ५० बीओपीमार्फत आफ्नो जनशक्ति सीमा क्षेत्रमा खटाएको छ।

सीमा सुरक्षा समन्वय बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले भारतबाट आउने नेपाली नागरिक नाकामा लुटिने, कुटिने र दुर्व्यवहारमा पर्ने गरेको भन्दै यस विषयलाई गम्भीर रूपमा लिइदिन अनुरोध गरेका थिए। यससँगै सीमामा हुने एकअर्का देशका नागरिकबीच उत्पन्न हुनसक्ने असमझदारी हटाउन, दुर्व्यवहार रोक्न, क्रस–बोर्डर अकुपेसनलाई व्यवस्थित गर्न, लागूऔषध नियन्त्रण, भन्सार छली/तस्करी, तेस्रो देशका नागरिकको घुसपैठ, एक देशमा अपराध गरेर अर्को देशमा लुक्ने प्रवृत्ति नियन्त्रण, सीमा स्तम्भ सुरक्षा, मर्मत र हराएका स्तम्भको खोजबिनलगायत विषयमा छलफल र समीक्षा भएको थियो। नेपालले तेस्रो देशका नागरिक भारतको बाटो हुँदै घूसपैठ गरी नेपाल छिर्ने गरेको भन्दै गम्भीर चासो राखेको थियो।

भारतले तेस्रो देशका नागरिक गैरसरकारी संस्था तथा धार्मिक गतिविधिको आवरणमा नेपाल छिरेर आफ्नो देशविरुद्ध गतिविधि गर्ने गरेको भन्दै यसमा कडाइ गरिदिन अनुरोध गरेको बैठक स्रोतले बताए।

नेपालले भारतबाट औषधीको आवरणमा तस्करीबाट भित्रिएका चिकित्साजन्य लागूपदार्थ नियन्त्रण गरिदिन पनि आग्रह गरेको थियो। जवाफमा भारतले त्यस्ता गतिविधि भएमा बरामद औषधिको ‘ब्याच’ र औषधि कम्पनी विवरण उपलब्ध गराउन र त्यसकै आधारमा अनुसन्धान गरी दोषीमाथि कारबाही गर्ने बचन दिएको स्रोतले बताए।

यी विषयलाई सम्बोधन गर्न सूचना आदानप्रदान, जोखिम र चुनौती हेरेर २४ सै घण्टा सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती गर्नेमा पनि सहमति भएको छ। यसबाहेक बैठक र साइडलाइन छलफलमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले २४ भदौको जेन-जी आन्दोलनका क्रममा जेल फोडेर भागेका कतिपय कैदीबन्दी भारत छिरेको हुनसक्ने भन्दै उनीहरूलाई पक्राउ गर्न भारतको सहयोग खोजेका थिए। भागेका कैदीबन्दी र प्रहरीबाट लुटिएका हतियारबाट चुनौती थपिएको भन्दै नियन्त्रणमा ल्याउन नेपाल पक्षले सहयोग मागेको थियो। जवाफमा एसएसबी प्रमुख सिंघलले यसमा आफू गम्भीर रहेको र नियन्त्रणमा सहयोग गर्ने बचन दिएको बैठकमा सहभागी स्रोतले बताए।

सम्बन्धि समाचार

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र भारतीय गृहसचिव मोहनबीच दिल्लीमा शिष्टाचार भेटवार्ता

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र भारतीय गृहसचिव मोहनबीच दिल्लीमा शिष्टाचार भेटवार्ता

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र भारतीय गृहसचिव मोहनबीच दिल्लीमा शिष्टाचार भेटवार्ता

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र भारतीय गृहसचिव मोहनबीच दिल्लीमा शिष्टाचार भेटवार्ता

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र भारतीय गृहसचिव मोहनबीच दिल्लीमा शिष्टाचार भेटवार्ता

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र भारतीय गृहसचिव मोहनबीच दिल्लीमा शिष्टाचार भेटवार्ता

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र भारतीय गृहसचिव मोहनबीच दिल्लीमा शिष्टाचार भेटवार्ता

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र भारतीय गृहसचिव मोहनबीच दिल्लीमा शिष्टाचार भेटवार्ता

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र भारतीय गृहसचिव मोहनबीच दिल्लीमा शिष्टाचार भेटवार्ता

तिनाउ खोलाको मुहानमा सुक्खा पहिरो, तल्लो तटीय क्षेत्रका बासिन्दा त्रासमा

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र भारतीय गृहसचिव मोहनबीच दिल्लीमा शिष्टाचार भेटवार्ता

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.