क्रोम, एज, ओपेराजस्ता ब्राउजरसँग प्रतिस्पर्धा गर्दै फायरफक्सले एआई विन्डो ल्याउने भएको छ । वेब ब्राउजर बजारमा एआई प्रतिस्पर्धा बढ्दो छ ।

काठमाडौ

२०८२-०७-२८

राजु सामत

काठमाडौँ —इन्टरनेटमा वेबपेजहरू खोल्न प्रयोग हुने ब्राउजरहरूमध्ये चर्चित मोजिल्ला फायरफक्सले ‘एआई  विन्डो’ तयार पारेको छ । यसमा एआई असिस्टेन्ट र च्याटबट दुबै रहने बताइएको छ ।

मोजिल्लाले यसलाई प्रयोगकर्ताले चाहेमा मात्रै चल्ने ‘स्मार्ट र प्रयोगकर्तामैत्री’ भनेर वर्णन गरेको छ । यसअघि सेप्टेम्बरमा फायरफक्सले ‘सेक टु समराइज’ नामक फिचर सार्वजनिक गरेको थियो । एआईमार्फत त्यसले आइफोनमा खोलेको वेबपेजको छोटो सारांश बनाइदिन्छ । एआई प्रयोग गर्ने कि नगर्ने भन्ने निर्णय प्रयोगकर्ता स्वंयमले गर्नुपर्ने मान्यताबमोजिम फिचर बनाइएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार एआई विन्डो फायरफक्सका अन्य प्राइभेट विन्डो र क्लासिक विन्डोसँगै तेस्रो विकल्पका रूपमा उपलब्ध हुनेछ । मोजिल्लाले बिहीबार ‘मोजिल्ला कनेक्ट’ फोरममा लेखेको अनुसार एआई विन्डोमा प्रयोगकर्ताले मनपर्ने एआई मोडेल छान्न सक्नेछन् । यसबारे विस्तृत विवरण भने खुलाइएको छैन । एआई विन्डो चलाउन इच्छुक प्रयोगकर्ताले मोजिल्लाको वेटलिस्टमा नाम दर्ता गर्न सक्ने कम्पनीले जनाएको छ ।

वेब ब्राउजरहरूमा एआई समावेश गर्ने विषय अहिले प्रविधि कम्पनीहरूबीच हट टपिक बनेको छ । क्रोम, एज, ओपेरा, सफारीजस्ता पुराना ब्राउजरहरूमा धमाधम एआई इन्टिग्रेट गरिएको छ भने ओपेनएआई, पर्प्लेक्सिटिजस्ता नयाँ एआई कम्पनीले पनि आ-आफ्नै वेब ब्राउजर सार्वजनिक गरिरहेका छन् । कुन ब्राउजर शक्तीशाली र लोकप्रिय बन्छ भन्नेमा प्रतिस्पर्धा नै चलेको छ । यस्तो प्रतिस्पर्धा सन् १९९० को दशकमा पनि नेटस्केप र इन्टरनेट एक्स्प्लोररबीच चलेको थियो । त्यसपछि सन् २०१० सम्म इन्टरनेट एक्स्प्लोरर, मोजिल्ला फायरफक्स, गुगल क्रोमबीच प्रभावशाली सर्च इन्जिन बन्ने प्रतिस्पर्धा चल्यो ।

अहिले क्रोम, एज, ओपेरा, ब्रेभ, फायरफक्स सबैले एआई सुविधा थप्दै एआई-ब्राजर वार शुरु गरेका हुन् । एआईसहितका ब्राउजरले अब वेबपेजहरूको सूची दिने मात्र नभइ प्रयोगकर्तालाई एजेन्टका रूपमा सहयोग गर्ने वा काम सजिलो बनाइदिने दाबी गरिरहेका छन् । आगामी दिनमा एआई ब्राउजरले फारम भर्न, टिकेट बुकिङ गर्न, इमेलको ड्राफ्टसमेत तयार गरिदिने फिचरहरू ल्याउँदै छन् ।

सम्बन्धि समाचार

क्रोम, एज, ओपेराजस्ता ब्राउजरसँग प्रतिस्पर्धा गर्दै फायरफक्सले एआई विन्डो ल्याउने भएको छ । वेब ब्राउजर बजारमा एआई प्रतिस्पर्धा बढ्दो छ ।

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

क्रोम, एज, ओपेराजस्ता ब्राउजरसँग प्रतिस्पर्धा गर्दै फायरफक्सले एआई विन्डो ल्याउने भएको छ । वेब ब्राउजर बजारमा एआई प्रतिस्पर्धा बढ्दो छ ।

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

क्रोम, एज, ओपेराजस्ता ब्राउजरसँग प्रतिस्पर्धा गर्दै फायरफक्सले एआई विन्डो ल्याउने भएको छ । वेब ब्राउजर बजारमा एआई प्रतिस्पर्धा बढ्दो छ ।

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

क्रोम, एज, ओपेराजस्ता ब्राउजरसँग प्रतिस्पर्धा गर्दै फायरफक्सले एआई विन्डो ल्याउने भएको छ । वेब ब्राउजर बजारमा एआई प्रतिस्पर्धा बढ्दो छ ।

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

क्रोम, एज, ओपेराजस्ता ब्राउजरसँग प्रतिस्पर्धा गर्दै फायरफक्सले एआई विन्डो ल्याउने भएको छ । वेब ब्राउजर बजारमा एआई प्रतिस्पर्धा बढ्दो छ ।

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

क्रोम, एज, ओपेराजस्ता ब्राउजरसँग प्रतिस्पर्धा गर्दै फायरफक्सले एआई विन्डो ल्याउने भएको छ । वेब ब्राउजर बजारमा एआई प्रतिस्पर्धा बढ्दो छ ।

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

क्रोम, एज, ओपेराजस्ता ब्राउजरसँग प्रतिस्पर्धा गर्दै फायरफक्सले एआई विन्डो ल्याउने भएको छ । वेब ब्राउजर बजारमा एआई प्रतिस्पर्धा बढ्दो छ ।

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

क्रोम, एज, ओपेराजस्ता ब्राउजरसँग प्रतिस्पर्धा गर्दै फायरफक्सले एआई विन्डो ल्याउने भएको छ । वेब ब्राउजर बजारमा एआई प्रतिस्पर्धा बढ्दो छ ।

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

क्रोम, एज, ओपेराजस्ता ब्राउजरसँग प्रतिस्पर्धा गर्दै फायरफक्सले एआई विन्डो ल्याउने भएको छ । वेब ब्राउजर बजारमा एआई प्रतिस्पर्धा बढ्दो छ ।

तिनाउ खोलाको मुहानमा सुक्खा पहिरो, तल्लो तटीय क्षेत्रका बासिन्दा त्रासमा

क्रोम, एज, ओपेराजस्ता ब्राउजरसँग प्रतिस्पर्धा गर्दै फायरफक्सले एआई विन्डो ल्याउने भएको छ । वेब ब्राउजर बजारमा एआई प्रतिस्पर्धा बढ्दो छ ।

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.