मतदाता नामावलीमा नाम लेखाउन निर्वाचन कार्यालयमा भीड

नवलपुर

२०८२-0७-२७ गते

राजु सामत 

नवलपुर-आगामी फागुन २१ गते हुने निर्वाचनका लागि अहिले मतदाता नामावली संकलन भइरहेको छ । मतदानका लागि उमेर पुगेका नयाँ युवा र उमेर पुगेर पनि फोटोसहितको मतदाता नामावली बनाउन छुटेकाहरू अहिले धमाधम जिल्ला निर्वाचन कार्यालयमा पुगेर नाम लेखाइरहेका छन् ।

एक जनाले रुजु गर्ने, एक जनाले अनलाइन फारम हेर्ने र एक जनाले फोटो खिच्ने काम गर्दा एक दिनमा मुस्किलले सय जनाको मात्र नाम दर्ता हुने गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

अहिले जिल्ला निर्वाचन कार्यालयअगाडि सेवाग्राहीको लामो लाइन लागिरहेको छ । अनलाइनमार्फत कागजपत्र पेस गर्न सकिने भए पनि धेरै मतदातालाई अनलाइन फारम भर्न नआउँदा समस्या भएको हो ।

पूर्वी नवलपरासीमा कार्तिक २७ गतेसम्म २ हजार बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी बाबुराम आचार्यका अनुसार दैनिक १ सयभन्दा बढीले नामावली दर्ता गराइरहेका छन् । ‘सुरुवाती चरणमा सेवाग्राहीको चाप कम थियो, अहिले अन्तिम समयमा कामको चाप बढेको छ,’ उनले भने, ‘अधिकांश मतदाता युवा उमेर समूहका छन् । अब राष्ट्रिय परिचयपत्रका आधारमा घरबाटै अनलाइनमार्फत नाम लेखाउन सकिने भएकाले केही सहज हुनेछ ।’

निर्वाचनको तयारी र मतदाता नामावली संकलन दुवै एकैपटक गर्नु परेकाले जनशक्ति अभाव रहेको छ । अनलाइनमार्फत फारम भरेका ८ सयभन्दा बढीको फोटो खिच्ने र अन्य प्राविधिक काम बाँकी रहेको कार्यालयले जनाएको छ ।

सम्बन्धि समाचार

मतदाता नामावलीमा नाम लेखाउन निर्वाचन कार्यालयमा भीड

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

मतदाता नामावलीमा नाम लेखाउन निर्वाचन कार्यालयमा भीड

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

मतदाता नामावलीमा नाम लेखाउन निर्वाचन कार्यालयमा भीड

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

मतदाता नामावलीमा नाम लेखाउन निर्वाचन कार्यालयमा भीड

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

मतदाता नामावलीमा नाम लेखाउन निर्वाचन कार्यालयमा भीड

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

मतदाता नामावलीमा नाम लेखाउन निर्वाचन कार्यालयमा भीड

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

मतदाता नामावलीमा नाम लेखाउन निर्वाचन कार्यालयमा भीड

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

मतदाता नामावलीमा नाम लेखाउन निर्वाचन कार्यालयमा भीड

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

मतदाता नामावलीमा नाम लेखाउन निर्वाचन कार्यालयमा भीड

तिनाउ खोलाको मुहानमा सुक्खा पहिरो, तल्लो तटीय क्षेत्रका बासिन्दा त्रासमा

मतदाता नामावलीमा नाम लेखाउन निर्वाचन कार्यालयमा भीड

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.