विप्लवका ४७ जना केन्द्रीय सदस्यको सुझावः ‘प्रचण्डको असफलता बोक्ने गरी एकता नगरौं’

२९ असोज २०८२

कपिलवस्तु 

बिजय बस्याल

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ४७ जना केन्द्रीय सदस्यहरुले प्रचण्डको असफलताको भारी बोक्ने गरी एकता गर्न नहुने सुझाव दिएका छन ।
आईतवारदेखि कपिलवस्तुको शिवगढीमा जारी नवौं केन्द्रीय समितिको तेस्रो विशेष बैठकमा सुझाव राख्ने ४७ जना केन्द्रीय सदस्यहरुले प्रचण्डको असफलताको भारी बोक्ने गरी नेकपाले एकता गर्न नहुने सुझाव दिएका हुन ।
केन्द्रीय सदस्यहरुले जेनजी विद्रोहले प्रमुख नेताहरुको राजनीतिक कोर्ष समाप्त भएको बताएका छन ।
केन्द्रीय सदस्यहरुले जेनजी विद्रोहको मुद्धा सहि भएपनि बैठान सहि नहुदा विद्रोह अधुरो हुन पुगेको बताएका छन ।
नेकपाका महासचिव विप्लव सीले आईतवारको बैठकमा ‘विशिष्ट परिस्थितिको विशेष कार्यभार’ शिर्षकको ८ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेश गर्नु भएको थियो ।
उक्त प्रस्तावमाथि सोमवार ४७ जना केन्द्रीय सदस्यहरुले आ –आफ्नो धारणा राख्दै नयाँ कम्युनिष्ट केन्द्र बनाएर विप्लवको नेतृत्वमा पार्टी एकता हुने अवस्थामा एकता गर्न सकिने सुझाव दिएका छन ।
केन्द्रीय सदस्यहरुले नयाँ नेतृत्व र नयाँ विचार विना पुराना गल्तीहरुको भारी बोक्ने गरी माओवादी केन्द्रसंग एकता गर्न नहुने विचार राखेका हुन ।
केन्द्रीय सदस्यहरुले एकताको कुरा त्यति सजिलो नभएको भन्दै एकता गर्दा सचेत रहनु पर्ने नेतृत्वलाई सुझाव दिएका छन ।
उनीहरुले बेला– बेला संसदीय अभ्यास गर्ने दलहरुले सरकारको नेतृत्व गरेपनि नेपाली जनता विरुद्ध ठुलठुला गति गरेका कारण जेनजी विद्रोह हुन पुगेको टिप्पणी गरेका छन ।
जेनजी विद्रोह हुनुमा केपी ओली, शेरवहादुर देउवा मात्र जिम्मेवार नभएको भन्दै त्यसमा प्रचण्डपनि जिम्मेवार रहेको बताएका छन ।
जनयुद्धको लक्ष्य अनुसार माओवादी नेतृत्व अगाडि नबढदा देश अस्थिर भएको र क्रान्ति अधुरो भएको निश्कर्ष केन्द्रीय सदस्यहरुले निकालेका छन ।
बैठकमा बोल्ने अधिकांस केन्द्रीय सदस्यहरुले अबको निकास भनेको सच्चा क्रातिकारी कम्युनिष्ट शक्ति बिचको एकता र नेपाली विशेषताको समाजवाद हुने बताएका छन ।
उनीहरुले एकताको नाममा विचार सिद्धान्त र कार्यदिशा विना एकता गर्न नसकिने विचार राखेका छन । यदि एकता गनै परे ‘नयाँ आधारमा नयाँ एकता, नयाँ विचार र नयाँ नेतृत्व’ सहित एकता गर्नुपर्ने बताएका छन ।
सोमबारको बैठकमा केन्द्रीय सदस्यहरुको धारणा राख्ने क्रम सकिएको छैन । मंगलवार पुनः विहान ८ बजेबाट नेकपाको केन्द्रीय समितिको बैठक सुरु हुनेछ ।

सोमवारको बैठकमा वोल्न वाकी केन्द्रीय सदस्यहरुले मंगलवार आ –आफ्नो धारणा राख्ने छन ।
एउटा केन्द्रीय सदस्यको लागि ५ मिनेटको समय तोकिएको छ । बैठकमा झण्डै १ सय २० जना पूर्ण केन्द्रीय समितिका सदस्यहरुको सहभागिता रहेको छ । यो बैठकमा वैकल्पिक केन्द्रीय सदस्यहरुको सहभागिता छैन । बैठकमा सबैले सुझाव राखेपछि महासचिव विप्लवले सम्वोधन गर्नुहुनेछ । त्यसपछि बैठकका एजेण्डा अनुसार निर्णय हुने नेकपा श्रोतले जनाएको

सम्बन्धि समाचार

विप्लवका ४७ जना केन्द्रीय सदस्यको सुझावः ‘प्रचण्डको असफलता बोक्ने गरी एकता नगरौं’

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

विप्लवका ४७ जना केन्द्रीय सदस्यको सुझावः ‘प्रचण्डको असफलता बोक्ने गरी एकता नगरौं’

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

विप्लवका ४७ जना केन्द्रीय सदस्यको सुझावः ‘प्रचण्डको असफलता बोक्ने गरी एकता नगरौं’

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

विप्लवका ४७ जना केन्द्रीय सदस्यको सुझावः ‘प्रचण्डको असफलता बोक्ने गरी एकता नगरौं’

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

विप्लवका ४७ जना केन्द्रीय सदस्यको सुझावः ‘प्रचण्डको असफलता बोक्ने गरी एकता नगरौं’

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

विप्लवका ४७ जना केन्द्रीय सदस्यको सुझावः ‘प्रचण्डको असफलता बोक्ने गरी एकता नगरौं’

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

विप्लवका ४७ जना केन्द्रीय सदस्यको सुझावः ‘प्रचण्डको असफलता बोक्ने गरी एकता नगरौं’

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

विप्लवका ४७ जना केन्द्रीय सदस्यको सुझावः ‘प्रचण्डको असफलता बोक्ने गरी एकता नगरौं’

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

विप्लवका ४७ जना केन्द्रीय सदस्यको सुझावः ‘प्रचण्डको असफलता बोक्ने गरी एकता नगरौं’

तिनाउ खोलाको मुहानमा सुक्खा पहिरो, तल्लो तटीय क्षेत्रका बासिन्दा त्रासमा

विप्लवका ४७ जना केन्द्रीय सदस्यको सुझावः ‘प्रचण्डको असफलता बोक्ने गरी एकता नगरौं’

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.