अर्घाखाँची
२०८२/०४/३०
राजु सामत
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिका – २ भक्तिटोला चोकमा ने.क.पा.ले एम सी सी परियोजनाको घोर विरोध गर्दै विरोध प्रदर्शन गरेको छ। नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्लाका जिल्ला इन्चार्ज खेम सी (माहुरीले )एम सी सी परियोजना पुन नेपालमा नेपालको अस्तित्व मेटाउन नेपालमा भएको सम्भावनामाथि गिद्देनजर लगाउँदै प्रवेश गरेको छ भन्दै घोर आलोचना गरेका छन्।
उनका अनुसार नेपालमा अब कुनै पनि पार्टीले राज्य सत्ताको सही ढङ्गले अभिभावकत्व र नेतृत्व गर्न नसक्ने विप्लव पाए मात्र यो देशले सोही नेतृत्व प्रदान गर्न सक्ने बताएका छन्।
एम सी सी परियोजना नेपालमा विकासको नाम लिएर विनाश निम्त्याउने तरिकाले प्रवेश गरेको र देशलाई रणभूमि बनाउने नियतले प्रवेश गरेको एमसीसी ठिक नभएको कुरा बताउनुभएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै खेमले एम सी सी परियोजना नेपालमा आउनुको कारण सत्ताको बाघडोर समालेका एमाले कांग्रेस र माओवादीको दलाल पूँजीवादी चरित्र ल्याएको भन्दै आलोचना गर्नुभएको छ।
कार्यक्रममा स्थानीयहरूको पनि निकै सहभागिता रहेको थियो जहाँ नेता अब नयाँ नेतृत्व विप्लव आउने भएकाले एकपटक एकपटक विप्लवलाई हेर्नका निमित्त आह्वान गर्नुभएको छ। कार्यक्रमको प्रमुख वक्ता खेमसीसँगै कार्यक्रम सञ्चालक विकल्प सि ले गर्नुभएको थियो