“कृष्ण सेन: अध्यक्ष शाहका युगौं युग सम्म बाँच्ने योद्धा र रणनीतिकार

 

सम्झना विष्ट, जेठ १३ धनगढी ।

“कृष्ण सेन र अध्यक्ष शाह: युगौं युग सम्म बाँच्ने योद्धा र नेताको अनौठो साझेदारी। उनीहरूको इतिहास, संघर्ष र सफलताको कथा यहाँ पढ्नुहोस्।”

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले कृष्ण सेन ईच्छुक युगौ युग सम्म बाचीरहने योद्धा भएको बताएका छन ।

मंगलबार धनगढीमा जनपत्रकार संगठन नेपाल सुदूरपश्चिम प्रदेशले आयोजना गरेको २४ औं कृष्णसेन (इच्छुक) स्मृति दिवस “स्मृति र आदर्श पुस्तक विमोचन कार्यक्रम“मा बोल्दै उनले यस्तो बताएका हुन । लोकतान्त्रीक गणतन्त्रका लागी जनपक्षिय कलम चलाउदै आएका कृष्ण सेन ईच्छुक निर्भिक योद्धा भएको बताउदै उनले उनको हत्या गरिएको जेठ १३ गतेका दिनलाई स्मृती दिवसका रुपमा सबैले मनाउनु पर्ने बताए । ेउनको हत्याका विरुद्ध पत्रकार महासंघले आन्दोलन गरेको स्मरण गर्दै उनले अभिब्यक्ति स्वतन्त्रताका पक्षमा र मानव अधिकारका पक्षमा पत्रकार महासंघ सधै प्रतिबद्ध रहेको बताए । कृष्णसेन ईछुकको जेठ १३ गते हतया भयो, जेठ १५ गते देशमा गणतन्त्र आयो ।

उनको हत्या भएको ६ बर्ष पछि लोकतान्त्रीक गणतन्त्र आएको बताउदै उनले परिबर्तनका लागी ईच्छुकले जीवनको आहुती दिएको बताए । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यबद्धता ! मानव अधिकारको रक्षा र वैज्ञानिक समाजवादको लागि हाम्रो प्रतिबद्धता !! भन्ने मुख्य नारा सहित सम्पन्न भएको उक्त कार्यक्रम्मा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश कार्यालय सचिव विमल सीले देश र जनताका लागी आफनो ज्यानको आहुती दिने कृष्णसेन ईच्छुक जनताको आश्थामा जीवित रहेको बताए ।

प्रतिक्रीयाबादी राज्य सत्ताले उनलाई निर्मम तरिकाले हत्यागरी फासिबादी चरित्र देखाएको बताए । उनको कलम देखि प्रतिक्रीयाबादीहरु डराएर ईच्छुको हत्या गरेको उनले बताए । त्यसैगरी नेकपाका केन्द्रिय सदस्य विनोद सीले कृष्णसेन पत्रकार मात्र नभएर कुशाल साहित्यकार पनि भएको बताए । उनको साहित्य र पत्रकारिताले तिलमीलाएको प्रतिक्रीयाबादी राज्यसत्ताले उनको कायरतापूर्ण तरिकाले हत्या गरेको बताए । उनको हत्याले सिङगो राष्ट्रबादी शक्ति र साहित्य अनुरागीहरुलाई स्तब्ध बनाएको बताउदै उनले ईच्छुक सधै अमर रहेको बताए ।

त्यसैगरी क्रियशिल दलित पत्रकार संघका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष प्रदिप मलासीले कृष्णसेन ईच्छुक पत्रकारीता र साहित्यको धरोहर भएको बताउदै उनलाई कसैले विर्सन नसक्ने बताए । उनको कलमले लोकतन्त्र ल्याउन महत्वपूण भूमीका खेलेको बताउदै उनले देश र जनताका लागी ज्यानको बलीदान दिएको बताए । हामी जुनसुकै संगठनमा आबद्ध भए पनि कृष्णसेन ईच्छुकले देखाएको बाटो पत्रकार र पत्रकारीताका लागी मार्गदर्शक भएको उनले ताए ।

त्यसैगरी कार्यक्रमका सभापती,जनपत्रकार संगठन नेपालका केन्द्रिय सचिबालय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष धीरज प्रपालाले कृष्णसेन ईच्छुक प्रति श्रद्धान्जली अर्पण गर्दै उनको कलमलाई बन्दुक र तोपको शक्ती भन्दा शक्तीशाली देखेर प्रतिक्रीयाबादी राज्य सत्ताले कायरतापूर्ण तरीकाले हत्या गरेको बताए । उनले देखाएको बाटोमा हिडेर देखेको सपना साकार पार्न सके मात्र इएच्छुक प्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउदै पत्रकारको कलम जनजिविका र राष्ट्रियताका पक्षमा हुनु पर्ने बताए ।

जनबादी साहित्य र परिबर्तनकारी जनमुखि पत्रकारीता गर्दै आएका ईच्छुकबाट सबैले सिक्नु पर्नै बताउदै उनले देश विदेशमा स्थापीत पत्रकार कृष्णसेन ईच्छुकको हत्याले समग्र देशलाई नोक्सान भएको बताए । सहिद ईच्छुक देशको सम्पती भएको बताउदै उनले ईच्छुकको स्मृती दिवस सरकारले मनाउनु पर्ने बताए । कार्यक्रमका सहभागीहरुलाई सम्झना विष्टले स्वागत गरेकी थिईन भने कार्यक्रमको सञ्चालन कन्द्रिय सदस्य भरत दासले गरेका थिए । सहित कृष्णसेनको तस्विरमा सहभागी सबेले अविर लगाएर श्रद्धान्जली अर्पण गरेका थिए ।

सम्बन्धि समाचार

“कृष्ण सेन: अध्यक्ष शाहका युगौं युग सम्म बाँच्ने योद्धा र रणनीतिकार

‘समाचार लेखेकै कारण’ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद दुर्ग रावलकाे पत्रकारलाई झुट्टा मुद्धामा फसाउने षड्यन्त्र, आवाज उठाईदिन सार्वजनिक अपिल

“कृष्ण सेन: अध्यक्ष शाहका युगौं युग सम्म बाँच्ने योद्धा र रणनीतिकार

बाैद्व विश्वविद्यालयद्वारा लुम्बिनीमा सरसफाई

“कृष्ण सेन: अध्यक्ष शाहका युगौं युग सम्म बाँच्ने योद्धा र रणनीतिकार

समयमा मूल्य तोक्न र बाँकी अनुदान रकम भुक्तानी गर्न उखु किसानको अल्टिमेटम

“कृष्ण सेन: अध्यक्ष शाहका युगौं युग सम्म बाँच्ने योद्धा र रणनीतिकार

जेन-जीका नाममा उपद्रव मच्चाउन पाइँदैन : ओली

“कृष्ण सेन: अध्यक्ष शाहका युगौं युग सम्म बाँच्ने योद्धा र रणनीतिकार

७ घण्टापछि खुल्यो बेंसीसहर-चामे सडक

“कृष्ण सेन: अध्यक्ष शाहका युगौं युग सम्म बाँच्ने योद्धा र रणनीतिकार

कात्तिकमा मात्रै साढे १ अर्ब रुपैयाँ एफडीआई प्रतिवद्धता

“कृष्ण सेन: अध्यक्ष शाहका युगौं युग सम्म बाँच्ने योद्धा र रणनीतिकार

प्रथम कपिलवस्तु व्यापार मेलामा विश्वकै अग्लो कुकुर प्रदर्शन गरिने

“कृष्ण सेन: अध्यक्ष शाहका युगौं युग सम्म बाँच्ने योद्धा र रणनीतिकार

जीपको छतबाट जस्तापाता खसेर लाग्दा एक जनाको मृत्यु

“कृष्ण सेन: अध्यक्ष शाहका युगौं युग सम्म बाँच्ने योद्धा र रणनीतिकार

तिनाउ खोलाको मुहानमा सुक्खा पहिरो, तल्लो तटीय क्षेत्रका बासिन्दा त्रासमा

“कृष्ण सेन: अध्यक्ष शाहका युगौं युग सम्म बाँच्ने योद्धा र रणनीतिकार

सन्धिखर्क खानेपानी संस्थामा अध्यक्षका दुई दावेदार: युवराज खत्री र बाबुराम भुसाल

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.