जेठ १३,घोराही ।
जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिले प्रकाशन गरेको कृष्णसेन इच्छुक स्मृति र आदर्श पुस्तक विमोचन गरिएको छ । मंगलबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले उक्त पुस्तकको विमोचन गर्नुभएको हो ।
पुस्तक विमोचन कार्यक्रममा नेकपाका स्थायी समिती सदस्य सन्तोष सी , पिबिएम शितल सी , केन्द्रीय सदस्य सविन सी , पाटन सी , तिलक सी , अखिल (समाजवादी)का केन्द्रीय सचिव एवम लुम्बिनी प्रदेश इन्चार्ज मदन सी , प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम , नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रीयासन लगाएतको उपस्थिति रहेको थियो ।
२४औं कृष्णसेन इच्छुक स्मृति दिवसको अवसरमा प्रकाशित पुस्तकमा नेकपाका महासचिव विप्लवको बिशेष लेख , जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेर बहादुर बिश्वकर्मा लगाएत विभिन्न अग्रज विद्वान व्यक्तित्वहरुको पठनिय सामाग्री रहेका छन् । पुस्तक विमोचन कार्यक्रमको सहजीकरण जनपत्रकार संगठन नेपालका लुम्बिनी प्रदेश संयोजक हेमन्तप्रकाश वलीले गरेका थिए ।