काठमाडौ २०८२-०७-२८ राजु सामत काठमाडौँ —इन्टरनेटमा वेबपेजहरू खोल्न प्रयोग हुने ब्राउजरहरूमध्ये चर्चित मोजिल्ला फायरफक्सले ‘एआई विन्डो’ तयार पारेको छ । यसमा एआई असिस्टेन्ट र च्याटबट दुबै रहने बताइएको छ । मोजिल्लाले यसलाई प्रयोगकर्ताले चाहेमा मात्रै चल्ने ‘स्मार्ट र प्रयोगकर्तामैत्री’ भनेर वर्णन गरेको छ । यसअघि सेप्टेम्बरमा फायरफक्सले ‘सेक टु समराइज’ नामक फिचर सार्वजनिक गरेको थियो । एआईमार्फत त्यसले आइफोनमा खोलेको वेबपेजको छोटो सारांश बनाइदिन्छ । एआई प्रयोग गर्ने कि नगर्ने भन्ने निर्णय प्रयोगकर्ता स्वंयमले गर्नुपर्ने मान्यताबमोजिम फिचर बनाइएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार एआई विन्डो फायरफक्सका अन्य प्राइभेट विन्डो र क्लासिक विन्डोसँगै तेस्रो विकल्पका रूपमा उपलब्ध हुनेछ । मोजिल्लाले बिहीबार 'मोजिल्ला कनेक्ट' फोरममा लेखेको…
काठमाडौं २०८२-०७-२८ गते राजु सामत काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरनिर्वाचन क्षेत्र र विदेशमा रहेका नागरिकका लागि मतदानको व्यवस्थाको सम्भाव्यताबारे छलफल गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा गृह मन्त्रालयबाट मन्त्री ओमप्रकाश अर्याल नेतृत्वको टोली सहभागी थियो । छलफलमा कानुन मन्त्रालय, निर्वाचन आयोग, नीति अनुसन्धान प्रतिष्ठान, राष्ट्रिय पञ्जीकरण विभागका अधिकारीहरूको पनि सहभागिता थियो । नीति अनुसन्धान प्रतिष्ठानले देशबाहिर र आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिरबाट मतदानका लागि सम्भावित विकल्पका विषयमा आफ्नो अध्ययनको सारांश प्रस्तुत गरेको थियो । प्रस्तुति र छलफलपछि प्रधानमन्त्री कार्कीले कम्तीमा अन्तरनिर्वाचन क्षेत्र मतदान सम्भव हुनेतर्फ अगाडि बढ्नुपर्ने बताइन् । मतदाता ओसार्नुपर्ने बाध्यताले उमेदवार र दलहरूमाथि निकै ठूलो…
२९ असोज २०८२ कपिलवस्तु बिजय बस्याल विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ४७ जना केन्द्रीय सदस्यहरुले प्रचण्डको असफलताको भारी बोक्ने गरी एकता गर्न नहुने सुझाव दिएका छन । आईतवारदेखि कपिलवस्तुको शिवगढीमा जारी नवौं केन्द्रीय समितिको तेस्रो विशेष बैठकमा सुझाव राख्ने ४७ जना केन्द्रीय सदस्यहरुले प्रचण्डको असफलताको भारी बोक्ने गरी नेकपाले एकता गर्न नहुने सुझाव दिएका हुन । केन्द्रीय सदस्यहरुले जेनजी विद्रोहले प्रमुख नेताहरुको राजनीतिक कोर्ष समाप्त भएको बताएका छन । केन्द्रीय सदस्यहरुले जेनजी विद्रोहको मुद्धा सहि भएपनि बैठान सहि नहुदा विद्रोह अधुरो हुन पुगेको बताएका छन । नेकपाका महासचिव विप्लव सीले आईतवारको बैठकमा ‘विशिष्ट परिस्थितिको विशेष कार्यभार’ शिर्षकको ८…
अर्घाखाँची २०८२/०४/३० राजु सामत अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिका - २ भक्तिटोला चोकमा ने.क.पा.ले एम सी सी परियोजनाको घोर विरोध गर्दै विरोध प्रदर्शन गरेको छ। नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्लाका जिल्ला इन्चार्ज खेम सी (माहुरीले )एम सी सी परियोजना पुन नेपालमा नेपालको अस्तित्व मेटाउन नेपालमा भएको सम्भावनामाथि गिद्देनजर लगाउँदै प्रवेश गरेको छ भन्दै घोर आलोचना गरेका छन्। उनका अनुसार नेपालमा अब कुनै पनि पार्टीले राज्य सत्ताको सही ढङ्गले अभिभावकत्व र नेतृत्व गर्न नसक्ने विप्लव पाए मात्र यो देशले सोही नेतृत्व प्रदान गर्न सक्ने बताएका छन्। एम सी सी परियोजना नेपालमा विकासको नाम लिएर विनाश निम्त्याउने तरिकाले प्रवेश…
अर्घाखाँची २०८२/०४/३० राजु सामत अर्घाखाँची -जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिका - २ भक्तिटोला चोकमा ने.क.पा.ले एम सी सी परियोजनाको घोर विरोध गर्दै विरोध प्रदर्शन गरेको छ। नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्लाका जिल्ला इन्चार्ज खेम सी (माहुरीले )एम सी सी परियोजना पुन नेपालमा नेपालको अस्तित्व मेटाउन नेपालमा भएको सम्भावनामाथि गिद्देनजर लगाउँदै प्रवेश गरेको छ भन्दै घोर आलोचना गरेका छन्। उनका अनुसार नेपालमा अब कुनै पनि पार्टीले राज्य सत्ताको सही ढङ्गले अभिभावकत्व र नेतृत्व गर्न नसक्ने विप्लव पाए मात्र यो देशले सोही नेतृत्व प्रदान गर्न सक्ने बताएका छन्। एम सी सी परियोजना नेपालमा विकासको नाम लिएर विनाश निम्त्याउने तरिकाले…
सम्झना विष्ट, जेठ १३ धनगढी । "कृष्ण सेन र अध्यक्ष शाह: युगौं युग सम्म बाँच्ने योद्धा र नेताको अनौठो साझेदारी। उनीहरूको इतिहास, संघर्ष र सफलताको कथा यहाँ पढ्नुहोस्।" नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले कृष्ण सेन ईच्छुक युगौ युग सम्म बाचीरहने योद्धा भएको बताएका छन । मंगलबार धनगढीमा जनपत्रकार संगठन नेपाल सुदूरपश्चिम प्रदेशले आयोजना गरेको २४ औं कृष्णसेन (इच्छुक) स्मृति दिवस “स्मृति र आदर्श पुस्तक विमोचन कार्यक्रम“मा बोल्दै उनले यस्तो बताएका हुन । लोकतान्त्रीक गणतन्त्रका लागी जनपक्षिय कलम चलाउदै आएका कृष्ण सेन ईच्छुक निर्भिक योद्धा भएको बताउदै उनले उनको हत्या गरिएको जेठ १३ गतेका दिनलाई स्मृती दिवसका…
जेठ १३,घोराही । जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिले प्रकाशन गरेको कृष्णसेन इच्छुक स्मृति र आदर्श पुस्तक विमोचन गरिएको छ । मंगलबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले उक्त पुस्तकको विमोचन गर्नुभएको हो । पुस्तक विमोचन कार्यक्रममा नेकपाका स्थायी समिती सदस्य सन्तोष सी , पिबिएम शितल सी , केन्द्रीय सदस्य सविन सी , पाटन सी , तिलक सी , अखिल (समाजवादी)का केन्द्रीय सचिव एवम लुम्बिनी प्रदेश इन्चार्ज मदन सी , प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम , नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रीयासन लगाएतको उपस्थिति रहेको थियो । २४औं कृष्णसेन इच्छुक स्मृति दिवसको अवसरमा प्रकाशित पुस्तकमा नेकपाका महासचिव विप्लवको बिशेष…
दुलेगौँडा । नेकपा एमालेकी केन्द्रिय सदस्य तथा शुक्लागण्डकी नगरपालिकाकी निवर्तमान उपमेयर सविता रसाईलीले पार्टीको महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेकी छन् । उनलाई नेकपा एमालेले तनहुँ निर्वाचन क्षेत्र २ मा ईन्चार्जको जिम्मेवारी तोकेको छ । यस्तै तनहुँ जिल्लामा नेकपा एमालेको ईन्चार्जको जिम्मा नवलपुरका तिलक महत क्षेत्रीलाई प्रदान गरिएको छ । पूर्व सांसद तथा पार्टीका केन्द्रिय सदस्य समेत रहेको महतले तनहुँमा ईन्चार्जको जिम्मेवारी पाएसँगै तनहुँ जिल्ला ईन्चार्ज तथा पार्टीका पोलिटब्यूरो सदस्य टुकराज सिग्देललाई स्याङ्जा जिल्लाको ईन्चार्ज तोकिएको छ । सिग्देल संविधान सभा सदस्यका साथै पूर्व सांसद समेत हुन् । यस्तै नेकपा एमालेले तनहुँ निर्वाचन क्षेत्र १ को ईन्चार्ज भने नेकपा एमालेकी केन्द्रिय सदस्य…
पोखरा । गण्डकी प्रदेश सरकारले अनुत्पादक भनेर आलोचित संसद् विकास कोषलाई कटौती नगर्ने संकेत देखिएको छ । आम बुझाइमा संसद् विकास कोष भनिए पनि पूर्वाधार विकास कार्यक्रम भनेर सांसदका योजनामा खर्च गर्न सरकारले बजेट दिने गरेको छ । उक्त कार्यक्रमअनुसार गण्डकीमा ३६ निर्वाचन क्षेत्रका दरले ७२ करोड बाँड्ने कार्यक्रम बजेटमा समावेश हुने देखिन्छ । ‘केन्द्रमा सांसदलाई बजेट छुट्याइएपछि यहाँ पनि दबाब आएको छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘यो सांसदलाई बजेट दिने कुरा पहिला झै हेर्नु हुँदैन । विधिसम्मत तरिकाले जनताको योजनामा खर्च गर्ने हो, सांसदले गरेका प्रतिबद्धतामा हाल्ने हो, सांसदको निजी योजनामा होइन ।’ यता प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि…
काठमाडौं- चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कदै छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गरेका थिए । दिल्लीको भ्रमण सकेपछि विशेष विमानमार्फत इन्दौर प्रस्थान गरेका प्रधानमन्त्री नयाँ दिल्ली भएरै आज स्वदेश फर्कन लागेका हुन । भ्रमणका क्रममा द्विपक्षीय मैत्रीपूणर् सम्बन्धलाई थप सबल बनाउने प्रतिबद्धता दुवै देशले व्यक्त गरेका छन् । सो अवसरमा दुई प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका व्यापक क्षेत्रबारे समीक्षा भएको छ । व्यापार र पारवहन, जलविद्युत्, ऊर्जा व्यापार र प्रसारण लाइन, अन्तरदेशीय रेल्वे, पक्की पुल, पेट्रोलियम पाइपलाइन र एकीकृत जाँच चौकी, सिँचाइ, बाढी नियन्त्रण, कृषि,…