समाचार

चार दिने क्षमता विकास तालिम सम्पन्न

चार दिने क्षमता विकास तालिम सम्पन्न

पोखरा । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा विन्दुवासिनी संस्कृत विद्यापीठको अनुसन्धान व्यवस्थापन एकाइद्वारा आयोजित चार दिने तालिम सम्पन्न भएको छ । जेठ २ गतेदेखि ५ गतेसम्म सञ्चालित तालिममा नेपाल संस्कृत विश्वविद्यलाय, त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयका प्राध्यापकहरूद्वारा विभिन्न विषय र शीर्षकमा १२ वटा कार्यपत्रहरू प्रस्तुत गरिएका थिए । तालिमका क्रममा सहायक प्राध्यापक अम्बरराज ढकाल, उपप्राध्यापक विष्णुप्रसाद शर्मा, उपप्राध्यापक डा. भोलानारायण रेग्मी, उपप्राध्यापक डा.सविन्द्रराज भण्डारी, उपप्राध्यापक प्रकाश पौडेल, उपप्राध्यापक डा.पिताम्बर पौडेल, उपप्राध्यापक गणेश शर्मा सुवेदी, सहप्राध्यापक डा. चूडामणि कँडेल, उपप्राध्यापक डा.जगन्नाथ रेग्मी, सहप्राध्यापक डा. काशिनाथ कण्डेल, सहप्राध्यापक योेगराज पौडेल, सहप्राध्यापक आनन्दमणि रिजालले कार्यपत्र प्रस्तुत गरेका थिए । तालिमको समापन समारोहमा विन्दुवासिनी…
पूरा पढ्नु हाेस
मुस्लिम जर्नलिस्ट क्लबद्धारा बाँकेका सात जनालाई अन्तर्राष्ट्रिय सम्मान 

मुस्लिम जर्नलिस्ट क्लबद्धारा बाँकेका सात जनालाई अन्तर्राष्ट्रिय सम्मान 

नेपालगञ्ज । मुस्लिम जर्नलिस्ट क्लब नेपालले बिहिबार नेपालगञ्जमा आयोजना गरेको एक बृहत्त कार्यक्रमका बिच बाँकेका सातजना वरिष्ठ व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरिएको छ । ‘मुस्लिम समुदायको सवाल विषयक अन्तरक्रिया र सम्मान कार्यक्रम’ मा सो सम्मान प्रदान गर्नुका साथै बाँकेमा विजयी भएका १३० जना मुस्लिम जनप्रतिनिधिहरुका साथै दलहरुमा जिम्मेवारी पाएका मुस्लिमहरुलाईलाई मायाको चिनो प्रदान गरेर सम्मानित गरिएको मुस्लिम जर्नलिस्ट क्लब नेपालका अध्यक्ष आलम खानले बताउनुभयो । मुस्लिम जर्नलिस्ट क्लबको संयोजनमा एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसियसन क्यालिफोर्निया अमेरिकाद्वारा बरिष्ठ पत्रकार सिराज खान र डा। डक्ट प्रसाद धिताललाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’, वरिष्ठ समाजसेवी तथा राजनितिज्ञ मोहम्मद हारुनलाई ‘अन्तर्राष्ट्रिय समाज सेवा…
पूरा पढ्नु हाेस
अषाढसम्म राैतहट पुर्ण खाेप जिल्ला घाेषणा हुने

अषाढसम्म राैतहट पुर्ण खाेप जिल्ला घाेषणा हुने

प्रेमचन्द्र झा/राैतहट ।  जिल्लामा खाेज र खाेप  अभियानले तिब्रता पाएका छन । अषाढ मसान्तसम्म राैतहटलाई पुर्ण खोप जिल्लाको रुपमा घाेषणा गराउने उदेश्यका साथ खाेजाै र खाैपाै अभियान चलिरहेको हाे । नेपाल सरकार काे पहिलो प्राथमिकतामा रहेका खाेप कार्यक्रम  स्चालन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई छ । स्थानीयकाे व्यवस्थापनमा प्रत्येक वडाकाे ४ देखि ५ स्थानमा गाउँ घर खाेप क्लिनिक स्चान भई रहेका छन ।स्थानीयको कार्यक्रम हो । सो खोप केन्द्रमा वेलैमा खोप नलिएका छुटेकालाई खाेज र खाेप दिने अभियान संचालनमा रहेका छन । खाेप लिन छटेका १६ महिना देखि ५९ महिना उमेर समुहको वालवालिकालाई खोप दिदैछ । स्वास्थ्यकर्मीले  लगाउनु पर्ने सबै खोप…
पूरा पढ्नु हाेस
एस निकट पेन्सरहरुको माग : भ्रष्टचारीलाई कारवाही गर

एस निकट पेन्सरहरुको माग : भ्रष्टचारीलाई कारवाही गर

दमौली । नेकपा एकिकृत समाजवादी निकट भूतपूर्व सैनिक तथा पुलिस संगठनले दमौलीमा सोमबार भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । संघठनले अनसन चोकमा आयोजना गरेको विरोध कार्यक्रममा नेपाली जनतालाई शरणार्थी बनाई तस्करी गर्नु निन्दनीय कार्य भएको भन्दै चर्काे विरोध गरेको थियो । कार्यक्रममा पार्टीका केन्द्रिय पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ, जिल्ला अध्यक्ष श्रीराम कार्की लगायतका नेताहरुको समेत सहभागिता रहेको थियो । उनीहरुले नेपालमा आर्थिक मन्दी सिर्जना हुनुमा अनावश्यक मन्त्रालय र संरचना भएको भन्दै खारेजीको समेत माग राखेका छन् । संगठनले केन्द्रमा बढि १५ वटा र प्रदेशमा बढीमा पाँच मन्त्रालय कायम गर्नुका साथै जिल्ला समन्वय समितिलाई…
पूरा पढ्नु हाेस
पोखरा आउदै गरेको बस दुर्घटना : २७ जना घाईते

पोखरा आउदै गरेको बस दुर्घटना : २७ जना घाईते

दुलेगौडा । काठमाण्डौबाट पोखरा आउदै गरेको यात्रुबहाक बस तनहुँको सिर्दीमा दुर्घटना हुदाँ २७ जना घाईते भएको छन् । पृथ्वीराज मार्ग अन्तर्गत व्यास ५ सिर्दीमा ग१ख ९६३५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा बसमा सवारी २७ यात्रु घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टको नेतृत्वमा २५ जनाको प्रहरी टोलीले घाइतेको उद्धार गरेको छ । घाइतेमध्ये नौ जनालाई थप उपचारका लागि पोखरा ‘रिफर’ गरिएको छ भने अन्य घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । घाइते हुनेमा बस चालक पोखरा महानगरपालिका–३१ बस्ने २७ वर्षीय सुनिल विक, सहचालक पोखरा महानगरपालिका १५…
पूरा पढ्नु हाेस
घाईते हुने गरि विद्यार्थी पिट्ने शिक्षक निलम्बित

घाईते हुने गरि विद्यार्थी पिट्ने शिक्षक निलम्बित

दुलेगौँडा । शुक्लागण्डकी नगरपालिका स्थित बेलचौताराको जनकल्याण माध्यामिक विद्यालयमा घाईते हुने गरि विद्यार्थी पिट्ने शिक्षक निलम्वनमा परेका छन् । टिच फर नेपाल संस्था मार्फत स्वयंसेवक शिक्षकको रुपमा कार्यरत भेषबहादुर ठाडा मगरले कक्षा ९ का चार जना विद्यार्थीलाई घाईते हुने पिटेका थिए । होमवर्क नगरेको बहानामा १४ देखि ३८ पटकसम्म विद्यार्थीलाई पाईपले हिर्काएको खुल्न आएको छ । शिक्षकको पिटाईबाट दुई छात्राहरु अञ्जली थापा र ललिता आले बढि प्रभावित छन् । ललिताको दुवै हातमा चोट देखिएकाले प्लास्टर र ब्याडल गरिएको छ भने अञ्जलीको एक हात पलास्टर गरिएको छ । नगरपालिकामा नमुना विद्यालयको परिचय बनाएको जनकल्याण माविले पिडक शिक्षकलाई निलम्वन गर्नुका साथै प्रहरी…
पूरा पढ्नु हाेस
गण्डकी प्रदेशमा मन्त्रि परिषद् विस्तार, मनाङ्गे पनि मन्त्री बन्दै

गण्डकी प्रदेशमा मन्त्रि परिषद् विस्तार, मनाङ्गे पनि मन्त्री बन्दै

पोखरा । गण्डकी प्रदेश मन्त्रिपरिषदको बिस्तार भएको छ । नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनाइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापालाई मन्त्री नियुक्त गरेका छन् भने एकीकृत समाजवादीबाट राजीव गुरुङ ९दीपक मनाङे० र माओवादीबाट रेशमबहादुर जुग्जाली नियुक्त भएका छन् । मन्त्रालयको नाम भने सपथसँगै सार्वजनिक गर्ने मुख्यमन्त्री पाण्डेले बताएका छन् । ४ बजे मन्त्रीको सपथ कार्यक्रम राखिएको छ । वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन् । १५ गते सपथसँगै कांग्रेसबाट…
पूरा पढ्नु हाेस
गण्डकीमा लिफ्टिङ खानेपानी र सिँचाइमा विद्युत् महसुल निःशुल्क

गण्डकीमा लिफ्टिङ खानेपानी र सिँचाइमा विद्युत् महसुल निःशुल्क

पोखरा। गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको विद्युत् महसुलमा सत प्रतिशतसम्म अनुदान दिने निर्णय गरेको छ । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहण गरेसँगै शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिनुभयो । “लिफ्टिङ प्रविधिबाट सञ्चालित खानेपानी र सिँचाइ आयोजनामा खर्च हुने विद्युत्को महसुल पूर्णरुपमा निःशुल्क गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो । यस्तै यातायात व्यवस्था कार्यालयबाट हुने सेवा प्रवाहलाई प्रविधिमैत्री र सवारी चालक अनुमति पत्र वितरण प्रक्रियालाई छिटोछरितो बनाउन प्रदेश सरकारले आवश्यक प्रबन्ध गर्ने भएको छ । उक्त सेवालाई…
पूरा पढ्नु हाेस
तनहुँमा चितुवा आतंक, नियन्त्रणमा लिन १८ ठाउँमा खोर

तनहुँमा चितुवा आतंक, नियन्त्रणमा लिन १८ ठाउँमा खोर

दमौली । डिभिजन वन कार्यालय तनहुँले चितुवा आतङ्क बढ्न थालेपछि चितुवा नियन्त्रणको लागि बनाएको ९खोर० पासो प्रभावकारी बन्दै गएको छ।फलाम र परम्परागतरुपमा काठको खोर पासोको रुपमा राख्ने गरिएको हो। चितुवा आक्रमणबाट प्रभावित १८ स्थानमा पासो राखिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए। चितुवाले जनमानसमा त्रास बढाएकोले यसको नियन्त्रण गरी सुरक्षित किसिमले वन्यजन्तु संरक्षण क्षेत्रमा पठाउन पासो थाप्ने काम गरिएको उनले बताए। एक पटक आक्रमण भएको ठाउँमा चितुवाले पुनः पटक–पटक आक्रमण गर्ने सम्भावना बढी हुने भएकाले यसलाई नियन्त्रणमा लिन सोही ठाउँ आसपासमा पासो राख्ने गरिएको उनले बताए। पानीको पोखरी बनाएपछि विगतको तुलनामा वन्यजन्तुबाट मानवीय क्षतिमा कमी आएको बताइएको…
पूरा पढ्नु हाेस
पुर्व उपप्रधानमन्त्री रायमाझी विरुद्ध पक्राउ पुर्जी

पुर्व उपप्रधानमन्त्री रायमाझी विरुद्ध पक्राउ पुर्जी

नक्कली भुटानी शरणार्थी बनाएर लाभ लिएको कसुरमा देशका उच्च कर्मचारी तथा नेताहरु दोषी देखिएका छन् । प्रहरीले यो प्रकरणमा संलग्न रहेको भन्दै पूर्वउपप्रधानमन्त्री तथा नेकपा ९एमाले० का सचिव टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको उच्च प्रहरी स्रोतले जानकारी दियो। रायमाझीका छोरा सन्दीप रायमाझीविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। टोपबहादुर रायमाझी अहिले अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्य छन्। उनले आफू अर्घाखाँचीमा रहेको र पक्राउ पुर्जीबारे थाहा नभएको बताएका छन्। यस्तै प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ। उनी गृहसचिव हुँदा भएको घटनामा संलग्नता…
पूरा पढ्नु हाेस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.