२६ जेठ, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत कर्मचारीहरुले पदावधि सकिनै लाग्दा रजिष्ट्रार नृपेन्द्र महतले आफ्ना आसेपासे कर्मचारीमा भर्ति गर्न प्रतिष्ठानमा कर्मचारी भर्नाको विज्ञापन खोलेको भन्दै आन्दोलित भएका छन । प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुले आईतवार खलंगामा पत्रकार सम्मेलन गर्दै रजिष्ट्रार नृपेन्द्र महतले आफ्ना आसेपासे भर्ति गर्न प्रतिष्ठानमा कर्मचारी भर्नाको विज्ञापन खोलेको भन्दै आन्दोलित भएको घोषणा गरेका हुन । कर्मचारीहरुले पत्रकार सम्मेलन मार्फत पछिल्लो समय जेठ २३ गते एकलौटी, प्रतिष्ठानको प्रणालीबाट बाहिर गएर विज्ञापन खोलेको भन्दै आपत्ति जनाउदै आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । कर्मचारीहरुको तर्फबाट प्रतिष्ठानका बरिष्ठ प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले पत्रकार सम्मेलनमा गम्भीर ध्यानाकर्षण…
दोधारा चाँदनी- केही दिनदेखि बढेको गर्मीले कैलाली,कञ्चनपुर लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाले मङ्गलबारदेखि कैलाली, कञ्चनपुर लगायत जिल्लाको तापक्रम वृद्धि भएको जनाएको छ । कार्यालय प्रमुख सिङ्गल चौधरीले शनिबार ४० दशमलव छ डिग्री तापक्रम मापन गरिएको बताए । “मङ्गलबारसम्म यहाँको तापक्रम ३७ डिग्री थियो अहिले बढेर ४० दशमलव छ पुगेको छ”, उनले भने “बिहीबार र शुक्रबार ४० दशमलव पाँच डिग्री तापक्रम मापन गरिएको थियो ।” महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले गर्मीमा अत्यावश्यक कामबाहेक बाहिर नआउन आग्रह गरे । “गर्मीका कारण ज्वरो आउने, आलश्य हुने चक्कर आउनेलगायतका रोग…
कास्की- बाथरोग विशेषज्ञ डा सुधीर कर्माचार्यले बाथरोगको औषधि सन्तुलित भोजन र शारीरिक परिश्रम भएको बताए । नारी शक्ति जागरण आमा समूह पोखरा-१७ आँखा अस्पताल चोकको व्यवस्थापन तथा नेसनल बाथरोग मुस्ताङचोकको प्राविधिक सहयोगमा आयोजित निःशुल्क रक्त परीक्षण एवम् रिपोर्ट वितरण कार्यक्रममा बाथरोग अधिकांश बिरामीहरुले दुखाइ कम गर्ने औषधि प्रयोग गर्ने गरेको बताए । नेपालमा बाथरोगका बिरामी बढ्दो क्रममा रहेको बताउँदै अहिले छ प्रतिशत जनसङ्ख्यामा पुगेको उनको भनाइ छ । बाथरोगको सङ्केत देखिएका बिरामीहरुले रातो मासु, गेडागुडी, गोलभेँडा, अम्लीय पदार्थ, गुलियो पदार्थ, मद्यपान र धुम्रपान गर्न नहुने र उचाइ अनुसारको मोटोपन कायम राख्न सकेमा आत्तिनु नपर्ने उनकोे भनाइ छ । अहिलेसम्म दुई…
लामखुट्टेमा मानिस र जनावर भएको ठाउँ थाहा पाउने एक विशेष प्रकारको सेन्सर हुन्छ । यसैको मद्दतले यसले शिकारलाई खोज्दछ । यस अलावा अन्यको तुलनामा कसैलाई बढि लामखुट्टेले टोक्छ भने लामखुट्टेलाई के कुराले आकर्षित गर्छ त ? यी हुन् कारण ः १. धेरै पसिना आउने मानिस प्रति लामखुट्टेलाई आकर्षित गर्दछ । लामखुट्टेलाई आवश्यक पर्ने सबैकुरा पसिनामा पाइन्छ । त्यसैले यो आर्कषित बन्दछ । २. महिलाको तुलनामा पुरुष र बच्चालाई र यी दुइको तुलनामा पनि वयस्कलाई लामखुट्टेले धेरै टोक्ने गर्दछ । ३. लामखुट्टे शरीरको तापक्रममार्फत आफ्नो शिकारको खोजी गर्दछ । मानिसको शरीरको तापक्रम लामखुट्टेका लागि आइडियल हुने गर्दछ । ४. कालो, निलो,…
दार्चुला- दार्चुलामा एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार गरिएको छ । लेकम गाउँपालिका-२ भटाइजरकी ३३ वर्षीया पार्वती सार्कीको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो । बिहिवार दिउँसो सर्मोली स्वास्थ्य चौकीमा बच्चा जन्माएकी सार्कीलाई उच्च रक्तस्रावको समस्या देखिपछि थप उपचारका लागि आज बिहान हेलिकप्टरमार्फत उद्धार गरि कणर्ाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।
काठमाडौं- मनसुन भित्रिन ढिला हुँदा तराईमा तातो हावा अर्थात् ‘लु’ चल्ने क्रम थप उच्च बनेको छ । नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम उच्च बन्दा जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाले पश्चिमका दुई र पूर्वका तीन जिल्लाबाहेक सबै जिल्लाको तापक्रमले उच्च सतर्कताको तह पार गरेको जनाएको छ । ती जिल्लामा ४१ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको छ । पाँच जिल्लामा तापक्रमको सतर्कता तहको अवस्थामा रहेको छ । सबैभन्दा बढी जनकपुर, विराटनगर, भैरहवा, सिमरा र नेपालगन्जमा तापक्रम वृद्धि भएको देखिएको छ । यसैबीच बङ्गालको खाडीबाट मनसुनी न्यूनचापीय रेखा हिजो भारतको केरलामा आइपुगेको छ ।…
काठमाडौँ । आँखा दान गर्नेको सङ्ख्या बढेसँगै आँखाको नानीमा नेपाल आत्मनिर्भर बनेको नेपाल आँखा बैंकले बताएको छ । आँखा दानप्रतिको बद्लिँदो सकारात्मक सोचका कारण दाताको सङ्ख्या बढ्दै गएको बैंकका व्यवस्थापक शङ्करनारायण न्वयनाले बताए । काठमाडौँमा आयोजित ‘आँखा दान तथा सामूहिक श्रद्धाञ्जली सभासम्बन्धी पत्रकार सम्मेलन’ मा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले बैङ्कमा आँखाको नानी सुरुको अवस्थामा विदेशबाट झिकाइने गरेकोमा अहिले देश भित्रबाटै सङ्कलन हुने गरेको जानकारी दिए ।उनका अनुसार अहिले बैंकले देशभित्र अन्य अस्पतालमा समेत प्रत्यारोपणका लागि आँखाको नानी उपलब्ध गराउँदै आएको छ । नेपाल आँखा बैङ्कमा हालसम्म एक लाखभन्दा बढी दाताले मृत्युपर्यन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेको र १२ हजार भन्दा…
काठमाडौँ । बाघद्वारबाट उद्गम भएर काठमाडौँको किनारमा बग्ने वाग्मती नदीले काठमाडौँ र ललितपुरको सीमा छुट्याएको छ । धार्मिक विशेषता रहेको वाग्मती नदीलाई हिन्दू तथा बौद्धधर्ममा पवित्र मानिन्छ । नदीको किनारमा बनेका मन्दिरले धार्मिक विशेषता झन बढाएको छ । गर्मी सुरुभएसँगै वाग्मतीको दुर्गन्ध धेरैले महसुस गरे पनि दुर्गन्ध न्यूनीकरण गर्नतर्फ कसैको चासो र चिन्ता नभएको स्थानीयको गुनासो छ । दुर्गन्धका कारण वाग्मती किनारमा बस्न समस्या हुने गरेको छ । टेकु र कुलेश्वरको बीचमा विष्णुमती नदी र वाग्मती नदीको दोभान छ । दुवै नदी मिसिएर बग्दा सानेपा र बल्खु आसपासका बस्ती बढी प्रभावित छन् । वाग्मती नदीअन्तर्गतका अन्य पुल तथा वाग्मती करिडोरमा…
वालिङ। स्याङ्जाको वालिङ-१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ । सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ । बालबालिकाको शरीरमा एकै प्रकारका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य कार्यालय स्याङ्जा र गह्रौँ प्राथमिक अस्पताल वालिङबाट चिकित्सकको टोली पुगेर औषधि उपचार गरेको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । पहिलो पटक परीक्षण गर्दा २३ जनामा देखिएको सङ्क्रमण दर बढ्दै गएपछि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय र विश्व…
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ६ ले सामुदायिक महिला स्वास्थ्य स्वंयमसेविकाहरुलाई साइकल वितरण गरेको छ । गर्भवती महिलासहित अन्य समस्या भएकाहरूको घरमै पुगेर सेवा प्रदान गर्न सहज होस् भन्ने उद्देश्यले ९ जना स्वास्थ्य स्वंयमसेविकाहरुलाई साइकल वितरण गरिएको वडाध्यक्ष हरिशचन्द्र सहनीले जानकारी दिए । महानगरका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हुमादेवी भट्टराई, मञ्जु बस्नेत, केशकशा कौशर, जेवा खानम, राधादेवी गुप्ता, मदिना खातुन, सञ्जु कामत चौधरी, आशाकुमारी मण्डल र सीमादेवी कामतलाई साइकल प्रदान गरिएको थियो । कार्यक्रममा मेयर कोइराला, वडाध्यक्ष सहनी, वडा सदस्य पन्नालाल राजवंशी, निर्मला कार्की र आशा पासमानले स्वंयमसेविकाहरुलाई हरूलाई साइकल वितरण गरे । मेयर कोइरालाले महिला…