अशोक विश्वकर्मा। स्थानीय तहको पहिलो निर्वाचनमा जनप्रनिधी भएर जनताको काम गर्ने चाहाना पुरा नभएपछि व्यवसायिक कृषि पेशामा लागेकी ममिता गुरुङको सफलता उन्मुख संषर्घ चाखलाग्दो छ । तनहुँको रतनपुर पृथ्वीराजमार्गबाट झण्डै २२ किलोमिटरको ग्रामिण सडक पार गरेपछि मात्र पुग्न सकिन्छ । शुक्लागण्डकी नगरपालिका १ मा रहेको यही वस्तीमा ममिता दम्पतीले गरेको बाख्रा र मौरी पालन सवैका लागि प्रेरणाको स्रोत बन्न थालेको छ । ६ बर्ष अगाडी हेफर नामक संस्थाले महिलाको आर्थिक स्तर उकास्न व्यवसायिक बाख्रा पालनको अवधारणा गाउँमा पु¥याएको उनले जानकारी दिईन् । ‘त्यसपछि नै हो बाख्रा पालन गर्नुपर्छ कि भन्ने लागेको’ उनले भनिन् ‘अहिले घाँसहरु प्रशस्त हुन थाल्यो बल्ल व्यवसायले…
सहकारी संचालन गरेको पाइएको छ। पोखरा र बागलुङमा ‘इमेज बचत तथा ऋण सहकारी संस्था’का नाममा २ वटा छुट्टाछुट्टै सहकारी खोलेर उनले सर्वसाधारणको २ अर्ब अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ। सहकारीका अध्यक्ष एवं ढोरपाटनका मेयर नेपाली सम्पर्कविहिन भएपछि पीडित बचतकर्ताले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्। सोही निवेदनका आधारमा नेपालीलाई विदेश जान नदिन गृह मन्त्रालय र आवश्यक छानविन गरी कारबाही गर्न सहकारी रजिष्ट्रारको कार्यालयमा पत्राचार गरेको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताइन्। सोही पत्राचारका आधारमा गृह मन्त्रालयले मेयर नेपालीलाई विदेश जान रोक लगाउँदै सबै नाका र अध्यागमन विभागमा पत्राचार गरिसकेको छ । उनले सहकारीबाट बागलुङमा मात्र डेढ अर्ब बचत…
पोखरा । गण्डकी प्रदेश सभामा गत मंसिरमा निर्वाचित भएका ६० जना सांसदको कार्यकाल पुस १४ गतेबाट सुरु भयो । मंसिर पहिलो साता निर्वाचित भए पनि सपथ भएपछि मात्रै उनीहरुको कार्यकाल सुरु भएको हो । सपथ हुनु कार्यकाल सुरु हुनु र पारिश्रमिकको गणना थालनी हुनु पनि हो ।कार्यकाल सुरु भएको ५ महिनामा अर्थात १५० दिनमा उनीहरुले प्रदेश सभामा भने केवल १६ दिनमात्रै बिताएका छन् । प्रदेश सभामा १६ दिन उपस्थित भई बैठक बसे पनि उनीहरुले तलब भने सबै ५ महिनाकै पाए । महिना मरेपछि स्वतः तलब आउँछ । बैठकको छुट्टै भत्ता हुन्छ । १६ दिनमा २१ बैठक बसेको भत्ता प्रदेश सभा…
दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले ईन्धनमा गरेको खर्चको चर्चा यति बेला सर्वत्र छ । सामाजिक सञ्जालमा नगरपालिकाले १० महिनामा मै झण्डै ७० लाखको डिजेल र पट्रोल खपत गरेको प्रमाण भेटिन्छ । नगरपालिकाले भने सामाजिक सञ्जालमा जस्तो खर्च वास्तविकतामा नभएको जनाएको छ । तनहुँ खबरसँग कुरा गर्दै नगरपालिकाका सुचना अधिकारी लक्ष्मण लम्सालले ‘सुशासन र समृद्ध शुक्लागण्डकीकाका लागि युवा अभियान’लाई प्रदान गरिएको सुचना गलत भएको दावि गरे । उनले कार्यालयको प्राविधिक गल्तिका कारण गलत जानकारी गएको र सोही विषय भाईरल भएको जानकारी दिए । लम्सालका अनुसार नगरपालिकामा बैशाख मसान्तसम्म १२ हजार नौ सय पचपन्न लिटर पेट्रोल र २६ हजार आठ सय सन्ताउन्न लिटर…
मुग्लिन । तनहुँका पत्रकार चित्र सोल्टी गुरुङले यात्रुहरुलाई लक्षित गरेर ‘सोल्टी भिलेज एण्ड रिभरभ्यु रेष्टुरेष्ट’ सञ्चालनमा ल्याएका छन् । मुग्लिन– नारायणगढ सडक खण्ड हुदै यात्रा गर्नुहरुलाई लक्षित गरेर सञ्चालन मा आएको यो रेष्टुरेण्टले टिपीकल खानाका प्रकारहरुलाई प्राथमिकता दिनेछ । गत बिहिबारदेखि उक्त सडकको खण्डको इच्छाकामना गाउँपालिका वडा नं. ६ मा पर्ने पाँचकिलो भन्ने स्थानमा सोल्टी भिलेज एण्ड रिभरभ्यु रेष्टुरेष्ट संचालनमा आएको छ । भर्खरै संचालनमा आएको होटल सोल्टी भिलेजमा विशेष गरेर नेपाली टिपिकल खाना पाईने संचालक गुरुङले बताए । होटल संचालक गुरुङका अनुसार होटलमा नेपाली खाना सेट दालभात तरकारी अचारका साथै कोदो र मकैको ढिंडो खान पाईन्छ । साथमा गाउँघरको…
काठमाडौं । तराईका विभिन्न जिल्लाबाट आइ आन्दोलनमा उत्रिएका मिटरब्याजीपीडितहरुले आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन् । काठमाडौंको शान्तिबाटिकामा उनीहरुले धर्ना जारी राखेका हुन् । तराईका नवलपरासी, महोत्तरी, सर्लाही लगायत विभिन्न जिल्लाबाट दोस्रो चरणमा समूहमा आएका उनीहरुले धर्नालाई निरन्तरता दिएका छन् । उनीहरुले आफ्ना माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै एक मिटरब्याजीपीडितले राजनीतिक रुपमा दृष्टिबन्धक, तमसुक, छिनुवा र चेक बाउन्स अवैध घोषणा हुनुपर्ने बताउनुभयो । उहाँले यी सबैकुराको क्षतिपूर्ति व्यहोर्नुपर्ने बताउनुभयो । अहिले सबैभन्दा ठूलो समस्या मुद्दा परिरहेकाले मुद्दा स्थगित हुनुपर्ने र मुद्दा छिनोफानो भइसकेको भए पुनरावेदन हुनुपर्ने, पक्राउ पूर्जि रोक्नुपर्ने माग आफूहरुको…
अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ०ले नेपाल कन्ट्री रिपोर्ट ९मे २०२३० सार्वजनिक गर्दै खाद्य असुरक्षा र जलवायु परिवर्तनको असर बढ्दै गएको जनाएको छ। आइएमएफले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले नेपालमा गरिबी र खाद्य सुरक्षालाई रेमिट्यान्सले केही हदसम्म भरथेग गरेको तथा जलवायु परिवर्तनको असर व्यवस्थापनमा उल्लेख्य प्रगति हुन नसकेको उल्लेख गरेको छ। खाद्य असुरक्षाबाट नेपालको एक तिहाइ जनसंख्या प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ। विश्व खाद्य कार्यक्रमलाई उद्धृत गर्दै आइएमएफले नेपालको १८ प्रतिशत जनसंख्याले पर्याप्त पोषणयुक्त खाना नपाएकोसमेत उल्लेख गरेको छ। खाद्य असुरक्षाको असर औसत आयु, बालबालिकाको शारीरिक तथा वौद्धिक विकास, पूँजी निर्माणलगायत क्षेत्रमा देखिन्छ। नेपालले भारत, मलेसिया तथा खाडी मुलुकबाट रेमिट्यान्स प्राप्त गरेर अर्थतन्त्र…
काठमाडौं । नेपाली किसानद्वारा उत्पादित दूधले बजार नपाइरहेको समयमा केही डेरी व्यवसायीले लुकीछिपी भारतीय दूध भित्र्याइरहेको पाइएको छ । केही डेरी व्यवसायीले नेपाल–भारत सीमा क्षेत्रमा चिलिङ सेन्टर खोलेर भारतबाट आउने दूध संकलन गरी काठमाडौंसम्म ल्याउने गरेको स्थानीयबासीको भनाइ छ । सर्लाहीका किसान विशेश्वर रायले नेपालको सीमा क्षेत्रमा भारतको झोल दूधमात्र नभएर प्याकेट पनि छ्यापछ्याप्ती पाउन थालेको बताए । भारतका व्यापारीले मोटरसाइकल तथा साइकलमा दूध ल्याएर नेपालका डेरी उद्योगीलाई बेच्ने गरेको उनको भनाइ छ । भारतबाट खरिद गरिएको दूध काठमाडौं, चितवन मिल्क र पोखराको सुजल डेरीसम्म पुग्ने गरेको बताइन्छ । चितवन मिल्कका एक अधिकारीले भने, ‘हाम्रो कारखानामा पनि भारतीय दूध आउँछ,…
काठमाडौँ । गुगलले आधिकारिक रूपमा आफ्नो पहिलो फोल्ड गर्न मिल्ने फोन, पिक्सेल फोल्ड अनावरण गरेको छ। गुगलले अझै नयाँ पिक्सेल फोल्डको स्पेसिफिकेशन र मूल्य खुलाएको छैन। गुगलले ट्वीटरमा ुमे द फोल्ड बी विथ युु भन्ने वाक्यांशसहितको भिडियो टिजर पोस्ट गरेको छ। यससँगै गुगलले यो डिभाइस मे १० मा गुगल क्ष्रइ कार्यक्रममा लन्च गरिने पनि बताएको छ । नयाँ भिडियोले गुगल पिक्सेल फोल्ड ट्रिपल क्यामेरा सेटअपको साथ आउनेछ भनेर बताउँछ। यसमा तेस्रो लेन्स पेरिस्कोप लेन्स हो, जुन सामसुङ ग्यालेक्सी एस२३ अल्ट्रामा पनि पाइन्छ। सीएनबीसीको रिपोर्टमा यो फोनको मूल्य ग्यालेक्सी जेड फोल्ड ४ जस्तै हुने दाबी गरिएको छ। यो गुगल फोन १।५५…
१८ वैशाख, काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सातबुँदे सहमति भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष महावीर पुनबीच भएको वार्तामा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविस्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्नेलगायतका सहमति भएको छ । Source: Onlinekhabar For Web Design Purpose Only