अर्घाखाँची
१७ भदोै २०८२
राजु सामत
अर्घाखाँची- जिल्ला प्युठान नौबहिनी गाउँपालिका वडा नं.०१ स्याउलीबाङ स्थायी वतन भई विगत ८ वर्ष देखि जिल्ला अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नं. ०४ पातलेपोखरा स्थित घर खरिद गरी वर्ष ३६ को किरण गुरुङ, निजको श्रीमती वर्ष ३४ कि सुमित्रा कुमाल गुरुङ, ९ वर्षकि छोरी सरु गुरुङ सँगै बस्दै आएकोमा वर्ष ३४ कि सुमित्रा कुमाल गुरुङ ४/५ दिन देखि छरछिमेक तथा माइती पक्षले नदेखेपछि हराएको भनि मिति २०८२।०५।१६ गते प्रहरी चौकी वल्कोटमा खोजतलासको लागि मौखिक जानकारी गराए पश्चात निजको खोजतलास तथा अनुसन्धानको क्रममा मिति २०८२।०५।१२ गते बिहान अं. १२:०० बजेको समयमा श्रीमान् श्रीमतीको सामान्य वादविवाद भई निजको श्रीमान् वर्ष ३६ को किरण गुरुङले सोही दिन बाँसको लाठि तथा हँसियाको पछाडिको भागले शरीरको विभिन्न भागमा हानि हत्या गरी कम्बलमा पोको पारी आफ्नै घरको भान्साकोठामा खाडल खनि गाडेको अवस्थामा निज मृतकको लास सडेर गन्ध आएको थियो।गाउलेको खबरमा प्रहरी घटना स्थलमा आएको थियो।२०८२।०५।१६ गते रातको २०:३० बजेको समयमा प्रहरी टोलिले फेला पारी उक्त लास उत्खनन् गरी पोष्टमाटमको लागी जिल्ला अस्पताल अर्घाखाँची पठाईएको निज किरण गुरुङलाई पक्राउ गरी अनुसन्धानको लागि यस कार्यालयको हिरासतमा राखि ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको छ।