बिजय बस्याल
अर्घाखाँची
१३ भदौ २०८२
अर्घाखाँची धातिवाङ्ग कालिका–मालिका, खोलावारि–खोलापारी जोड्ने झोलुङ्गे पुल निर्माणका लागि आज DPR (Detail Project Report) तयार गर्ने कार्य सम्पन्न भएको छ।

प्राविधिक टोली तथा स्थानीय सरोकारवालाको उपस्थितिमा नापजाँच, सर्वेक्षण लगायतका प्रक्रिया पूरा गरिएको छ।
करिब ३६० मिटर लामो पुल बन्ने यस योजनाले गाउँलेहरूको आवागमन सहज बनाउनेछ भने शिक्षा, स्वास्थ्य, व्यापार तथा दैनिकीमा समेत ठूलो सहजता ल्याउने अपेक्षा गरिएको छ।

स्थानीयवासीहरू पुल निर्माणलाई क्षेत्रकै महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिरहेका छन्।